जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • ललिता निवास प्रकरण : सर्वाेच्चको डरले सीआईबीले लियो नेपाल र भट्टराईसँग बयान

ललिता निवास प्रकरण : सर्वाेच्चको डरले सीआईबीले लियो नेपाल र भट्टराईसँग बयान

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा जोडिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिएको छ । चर्काे आलोचना र सर्वाेच्चको आदेशको डरले आइतबार राती पूर्वप्रधानमन्त्रीद्वयसँग बयान लिएको हो ।

आइतबार सरकारी वकीललाई रायसहितको प्रतिवेदन बुझाउने तयारी गरेको सिआइबीले त्यसलाई रोकेर बयान लिएको हो । सर्वाेच्च अदालतको अवहेलना मुद्दा चल्ने देखेपछि सिआइबी बयानका लागि बाध्य बनेको हो । आलोचनाका कारण सरकारमाथि नै पनि गम्भिर प्रश्न उठेको र सर्वाेच्चको आदेशसमेत रहेकाले औपचारिकताका लागि भने पनि बयान लिइएको बताइन्छ । उनीहरुलाई घरमै पुगेर बयान लिएको बताइएको छ ।

ललिता निवासको जग्गा व्यक्तिमा जाने गरी मन्त्रिपरिषद्‌बाट निर्णय गराएको उनीहरुमाथि आरोप छ । गठबन्धनको दबाबमा बयान रोक्न लागिए पनि सर्वाेच्चको आदेशका कारण सिआइबीले आफ्नो अडान राखेको थियो । सिआइबीका प्रवक्ता नवराज अधिकारीले उहाँहरुसँग कागज गरिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत डा भट्टराईले बयान लिएको पुष्टी गर्दै त्यसबेला भएको विषय जानकारी गराएको बताएका छन् ।

विशिष्ठ व्यक्तिका निवास विस्तारका नाममा नक्कली मोही र भूमाफियालाई ललिता निवासको जग्गा सट्टाभर्ना दिने निर्णयमा संलग्न पूर्वप्रधानमन्त्री नेपाल र मन्त्रिपरिषद्‌बाटै निर्णय गराएर पशुपति टिकिन्छा गुठीमा ललिता निवासको जग्गा कायम गराएर त्यसमा नक्कली मोही खडा गरेको आरोपमा भट्टराईसँग सीआईबीले बयान लिएको हो । बयान कागज गराए पनि दुवै जनालाई प्रतिवादी नबनाइने भएको छ ।

660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका