जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ब्याजदर घटाउने बैंकर्स संघको निर्णय ?

ब्याजदर घटाउने बैंकर्स संघको निर्णय ?

नेपाल बैंकर्स संघले वैशाखदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झार्ने निर्णय गरेपछि सेयर बजारमा उछाल आएको छ । बुधबार बिहान बसेको बैंकर्स संघको बैठकले मुद्दति निक्षेपको ब्याजदर १.०१ प्रतिशत बिन्दुले घटाउने निर्णय गरेपछि बजार ९२.२२ अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५ कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने ११ कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकममा पनि सुधार आएको छ भने सबै उपसमूह बढेका छन् । बुधबार १ अर्ब ९७ करोडभन्दा बढी रकमको कारोबार भएको हो । मंगलबार ९४ करोड र सोमबार ९१ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।

नेप्से परिसूचक ४.९३ प्रतिशतले बढ्दा बैंकिङ उपसमूह ५.४६, विकास बैंक ५.७४, वित्त ६.८४, होटल तथा पर्यटन ३.६७, जलविद्युत ४.९१, लगानी ४.२५, जीवन बिमा ४.७६, उत्पादनमूलक ४.९५, लघुवित्त ५.११, निर्जीवन बिमा ४.०९, अन्य ३.३८ र व्यापार उपसमूह ३.९७ प्रतिशतले बढेका छन् ।

बैंकर्स संघका अनुसार ११ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेप ब्याज घटेसँगै ९.९९ प्रतिशत कायम हुनेछ । त्यस्तै संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशत र बचतको ब्याज ५.४ देखि ७.४ प्रतिशत रहनेछ । त्यस्तै कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झारिएको छ ।

3100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्