जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकको ब्याज खर्च ६०% बढ्यो

राष्ट्रिय वाणिज्य बैंकको ब्याज खर्च ६०% बढ्यो

बैंकिङ क्षेत्रका कम्पनीमध्ये सर्वाधिक नाफा राष्ट्रिय वाणिज्य बैंकले आर्जन गरेपनि गत वर्षको भन्दा भने घटेको छ। बैंकको नाफा ८.३१ प्रतिशतले घटेको छ। बैंकले २ अर्ब २० करोड ९४ लाख रुपैयाँ नाफा गरेको छ।

गत वर्षको पुसमा बैंकको नाफा २ अर्ब ४० करोड ९९ लाख रुपैयाँ थियो। कात्तिकदेखि पुससम्म बैंकको नाफा १ अर्ब ८ करोड रुपैयाँ छ।

ब्याज आम्दानीको तुलनामा खर्च बढेका कारण बैंकको नाफा घटेको हो। बैंकको खराब ऋण पनि बढेको छ।

बैंकको ब्याज आम्दानी २० प्रतिशतले बढ्दा खर्च ६० प्रतिशतले बढेको छ। यही कारण खुद ब्याज आम्दानी २ प्रतिशतले मात्र बढेको छ। बैंकको खराब ऋण ३.४ प्रतिशतबाट ४.७७ प्रतिशत पुगेको छ। आधार दर स्थिर ६.६ राखेको बैंकले स्प्रेड ४.७८ प्रतिशतबाट ५.५३ प्रतिशत पुर्‍याएको छ।

बैंकसँग निक्षेप एक खर्ब ९४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। ऋण लगानी भने १ खर्ब ४७ अर्ब ८९ करोड पुगेको छ ।

16020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका