जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • बैंकहरुले असारसम्म नै स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न पाउने

बैंकहरुले असारसम्म नै स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न पाउने

बैंकहरुले स्थानीय तहको संचिति कोषको रकम  असार मसान्तसम्म निक्षेपमा गणना गर्न पाउने भएका छन्। बैंकहरुले हाल स्थानीय तहको संचिति कोषको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्दै आएका छन्।

हाल कायम ब्यबस्था अनुसार उक्त रकम यहि पुससम्म मात्र गणना गर्न पाउने थिए। तर अर्थमन्त्री रहेकै अवस्थामा जनार्दन पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै बैंकहरुले आगामी असारसम्म नै  स्थानीय तहको संचिति कोष ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न सक्ने ब्यबस्था गरेका हुन्। यसले बैंकहरुलाई लगानी योग्य पुँजी अर्थात तरलतामा सहज गर्ने छ। यद्यपि त्यस्तो रकम आयात र व्यापारिक क्षेत्रमा लगानी नगरी उत्पादनशील क्षेत्रमा मात्र परिचालन गर्नु पर्ने छ ।

सो अनुसार अर्थ मन्त्रालयले आज पुस ११ गते उक्त ब्यबस्था कार्यन्वयनको लागि नेपाल राष्ट्रबैंकलाई पत्राचार गरेको छ । मन्त्रालयको वित्तीय क्षेत्र ब्यबस्थापन तथा संस्थान समन्वय महाशाखाले आज राष्ट्र बैंकलाई पत्राचार गरेको हो ।

अर्थ मन्त्रालयले पठाएको पत्रमा भनिएको छ ‘नेपाल सरकार (माननीय अर्थमन्त्री स्तर) को मिति २०७१/०४/०२ को निर्णयानुसार स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशतसम्मको रकम आयात र व्यापारिक क्षेत्रमा लगानी नगरी उत्पादनशील क्षेत्रमा मात्र परिचालन गर्न पाउने गरी २०७९ पौष मसान्तसम्म वाणिज्य बैकहरूले निक्षेपको रूपमा गणना गर्न पाउने व्यवस्था गरिएकोमा सो व्यवस्थालाई नेपाल सरकार (माननीय अर्थमन्त्री स्तर) को मिति २०७९//०९/०८ को निर्णयानुसार अगामी २०८० असार मसान्त सम्मका लागि निरन्तरता दिइएको व्यहोरा अनुरोध छ ।’

3635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।