जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • एकीकृत परिपत्र–२०७८ संशोधन, बैंकहरुले चोभार भन्सारविन्दु रहने गरी एलसी जारी गर्न सक्ने

एकीकृत परिपत्र–२०७८ संशोधन, बैंकहरुले चोभार भन्सारविन्दु रहने गरी एलसी जारी गर्न सक्ने

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ मा संशोधन गरेको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै एकीकृत परिपत्र–२०७८ संशोधन गरेको जनाएको छ ।

राष्ट्र बैंकले भनेको छ ‘विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायहरुलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ मा देहायबमोजिम संशोधनरथप गरिएको हुँदा सोही बमोजिम गर्नुरगराउनु हुनु विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरि यो परिपत्र जारी गरिएको छ ।’ विश्व बैंकको सहयोगमा निर्माण भएको चोभार सुख्खा बन्दरगाह प्रयोगमा ल्याउन अन्तर्राष्ट्रिय व्यापारको लागि प्रतीतपत्र खोल्ने बाटो पनि खुल्ला भएको छ ।

योसँगै अब केन्द्रीय बैंकको सर्कुलरअनुसार अन्तर्राष्ट्रिय व्यापारका लागि जारी हुने प्रतीतपत्रमा प्रचलित व्यवस्थाबमोजिम चोभारको सुख्खा बन्दरगाह भन्सार नाका हुने गरी जारी गर्न सकिनेछ ।

बैंकहरुलाई जारी गरिएको सर्कुलरमा उल्लेख छ, ‘मेची, विराटनगर, सुख्खा बन्दरगाहा सिर्सिया र भैरहवा भन्सार कार्यालयबाट पैठारी गर्ने गरी प्रतीततपत्र जारी भइसकेका मालवस्तुको समेत पैठारीकर्ताको माग भएमा प्रचलित व्यवस्थाबमोजिम चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयको नाममा भन्सार विन्दु परिवर्तन गर्न सकिनेछ ।’

5795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका