slot 1winmostbet aviator loginpinup1win casinoparimatchmostbet india1win slotluckygetmosbet4r betaviatorpin up casino1win aviatormostbet kzmostbetpin-up1win aviator4rabet bdpin up indialucky jetpin-upmostbet indialucky jet online1win aviatorpinupparimatch1 win indiamostbet kzmosbet casinopin up bet1win yüklə1winaviator 1 winlucky jetmosbetmost betmostbetmostbet casino4era bet1win casinoonewinmostbet aviator login1win lucky jetpin upmostbet azpinup kz1 winpin up 1 win4a betlucky jet
जोडिनुहोस
बुधबार, बैशाख २६, २०८१
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया रोक्न निर्देशन

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया रोक्न निर्देशन

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको प्रकरणले संसदको खरिद लेखा समितिले छानबिन गर्ने भएको छ। बिहीबार बसेको लेखा समिति बैठकमा खरिद प्रकरण रोकेर तत्काल छानबिन प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ।

यो प्रकरणसँग सम्पूर्ण फाइल मगाएको छ। खरिद गर्न अघि मन्त्री बाँस्कोटा अध्ययन भ्रमणका लागि गएका थिए। सञ्चार सचिव दीपक सुवेदी, सुरक्षण मुद्रण केन्द्रका प्रमुख कार्यकारी अधिकृत विकल पौडेलसँग लेखा समितिले जानकारी लिएको थियो। तर उनीहरुले राम्रो जवाफ नदिएपछि समितिका सदस्यहरुले आक्रोश पोखेका थिए। उनीहरुलाई सम्पूर्ण बुझेर आउन निर्देशन दिइएको छ।

सो मेसिन खरिदमा मन्त्री बाँस्कोटाले घुस मागेको अडियो रेकर्ड सार्वजनिक भएको थियो। स्वीस कम्पनीका नेपाल एजेण्ट विजय प्रकाश मिश्रबीच भएको ‘कमिसन डिलिङ’को अडियो सार्वजनिक भएको हो। सरकारले सुरुमा स्वीस कम्पनीलाई दिने भनिएपनि पछिल्लो समयमा जर्मनी कम्पनीलाई दिन लागिएपछि अडियो सार्वजनिक भएको बताइएको छ।

उक्त अडियोमा बाँस्कोटाले सोधेका छन् ‘सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो। मानौ २५ निस्कियो भने कति हुन्छ?’ मिश्रले जवाफ दिएका छन् ‘७० जति आउला की। आउट अफ ट्रयाक नजाँदा ७० जति आउला की ।’ त्यति भनेपछि बाँस्कोटाले सोधे ‘तपाइलाई के गर्छन? छुट्टै गर्छन? मिश्रले भनेका छन् ‘टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।’

यो फोन वार्तापछि बाँस्कोटाले फेरि सोधे ‘ त्यो भनेको कति हुन्छ? मिश्रले भने ‘५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। हामीले पनि त अलि अलि राख्नुपर्‍यो नि। आउट अफ ट्याक गइयो भने।’

9410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका