जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कनेक्ट आईपीएसले ल्यायो इन्स्योरेन्स प्रिमियम भुक्तानीमा क्यासब्याक अफर

कनेक्ट आईपीएसले ल्यायो इन्स्योरेन्स प्रिमियम भुक्तानीमा क्यासब्याक अफर

कनेक्ट आईपीएसले ‘इन्स्योरेन्स प्रिमियम पेमेन्ट २०८० क्यासब्याक’ अफर सार्वजनिक गरेको छ । ३ असारदेखि ३० असारसम्म लागु हुने गरी अफर सार्वजनिक गरिएको कनेक्ट आईपीएसले जनाएको छ ।

कनेक्ट आईपीएसमार्फत् लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले २०.८० प्रतिशत (अधिकतम रु २,०८०) क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । यस अफरको अन्त्यमा एक जना भाग्यशाली विजेताले २० हजार ८० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

लक्की ड्र मार्फत हरेक हप्ता छानिएका भाग्यशाली विजेताहरुको जानकारी एनसीएचएलको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने कम्पनीले बताएको छ ।

कनेक्ट आईपीएसको वेब, मोबाइल एप एवम् इन्स्योरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आईपीएस गेटवे मार्फत गरिएको लाइफ इन्स्योरेन्स सम्बन्धी प्रिमियम भुक्तानीमा मात्र सो अफरमा लागु हुने जनाइएको छ

1110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका