नेपाल बैंकले राष्ट्रि आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई ब्राण्ड एम्बास्डर घोषणा गरेको छ । आज आविष्कार केन्द्रमा भएको एक समारोहबीच पुनलाई ब्राण्ड एम्बास्डर घोषणा गरिएको हो ।
एसियाको नोबेल पुरस्कार मानिने म्याग्सेसे पुरस्कार विजेता महावीर पुनलाई नेपाल बैंकले ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको बैंकका प्रवक्ता प्रकाश अधिकारीले बताए । साथै आजै उक्त समारोहमा राष्ट्रिय आविष्कार केन्द्रलाई १० लाख रुपैयाँ सहयोग गर्ने पनि भनिएको छ । यद्यपि चेक भने हस्तान्तण भएको छैन ।
बोर्ड बैठकले पास गरे पछि आवष्कार केन्द्रलाई उक्त रकम उपलब्ध गराउने नेपाल बैंकले जानकारी दिएको छ । ‘हामी आविष्कार केन्द्रसँग सहकार्य गर्ने तयारीमा छौं,’ उनले भने ‘त्यसैले हामीले उहाँलाई एम्बास्डरमा नियुक्त गरेका हौं ।