जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • साउनमा वाणिज्य बैंकको नाफा साढे ८ अर्ब

साउनमा वाणिज्य बैंकको नाफा साढे ८ अर्ब

चालू आर्थिक वर्षको पहिलो महिनामा वाणिज्य बैंकहरुले ८ अर्ब ५२ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले साउन महिनामा सो नाफा गरेका हुन् ।

यस अवधि सबैभन्दा बढी नाफा आर्जन गर्नेमा ग्लोबल आईएमई बैंक लिमिटेड रहेको छ । बैंकले ९९ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै नबिल बैंकले ७५ अर्ब ५५ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७४ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यता, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ४४ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको तथ्यांक अनुसार सिटिजन बैंकको खुद नाफा २ करोड ४७ लाख रुपैयाँ रहेको छ । त्यस्तै सानिमा बैंकले २ करोड ५१ लख रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ ।

यता सबैभन्दा कम नाफा आर्जन गर्नेमा नेपाल एसबीआई बैंक रहेको छ । बैंकले यसअवधिमा १ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै माछापुच्छे बैंकले १ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

1015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका