जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • मंसिरका लागि ब्याजदर घटाउने पहिलो बैंक बन्यो एनआइसी, डिपोजिटको रिटर्न सिंगल डिजीटमा सीमित

मंसिरका लागि ब्याजदर घटाउने पहिलो बैंक बन्यो एनआइसी, डिपोजिटको रिटर्न सिंगल डिजीटमा सीमित

ब्याजदर वृद्धिमा सधैं अगाडि देखिइँदा विवादमा तानिने गरेको एनआइसी एशिया बैंकले मंसिरका लागि भने ब्याजदर घटाएर प्रकाशित गरेको छ ।

एनआइसी एशिया बैंकले लामो समयसम्म डबल डिजीटमा रहेको मुद्दति निक्षेपको ब्याजदर घटाएर सिंगल डिजीटमा झारेको हो ।

कात्तिकमा एनआइसी एशिया बैंकले व्यक्तिगततर्फको मुद्दति निक्षेपमा अधिकतम ११.००३ प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको थियो ।

तर, अब मंसिरमा भने यस्तो ब्याजदर घटाएर ८.९६८ प्रतिशतमा सीमित बनाएको हो ।

व्यक्तिगततर्फ ३ महिनादेखि १५ वर्ष अवधिसम्मको मुद्दति निक्षेपको ब्याजददर ८.९६८ प्रतिशत तोकिएको छ ।

यस्तै, ६ महिनादेखि १५ वर्षसम्म अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि घटाएर बैंकले ६.९६८ प्रतिशत बनाएको छ ।

कल निक्षेपको ब्याजदर घटाएर २.२९२ प्रतिशत बनाइएको छ भने बचतको ब्याजदर पनि घटाएर ६.५८५ प्रतिशत कायम गरिएको छ ।

कात्तिकमा बैंकले कल डिपोजिटमा ३.००१ प्रतिशत ब्याजदर कायम गरेको थियो । यस्तै, कात्तिकमा बचतको ब्याजदर ८.००३ प्रतिशत कायम गरिएको थियो ।

बैंकले मंसिरका लागि प्रकाशित गरेको ब्याजदर:

735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका