जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आईएमई जनरल इन्स्योरेन्सको लाभांश पारित

आईएमई जनरल इन्स्योरेन्सको लाभांश पारित

आईएमई जनरल इन्स्योरेन्स (IGI) को साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको छ । कम्पनीको फागुन २४ गते सम्पन्न बाइसौँ वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो ।

कम्पनीको वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ३२ लाख २२ हजार ९४७ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले शेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गरेकाे छ ।  यस्तै आगामी ४ वर्षको लागि संस्थापक समूहबाट हेमराज ढकाल, अम्बिका प्रसाद पौडेल र सुरेश देवकोटा, सर्वसाधारण समूहबाट राजेन्द्र सिंह भण्डारी र सिताराम थापालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।

चुक्ता पूँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ रहेको कम्पनीको बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको१ अर्ब ८ करोड १८ लाख रुपैयाँ पुग्नेछ ।

9120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?