जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नयाँ वर्षमा मेगा क्यापिटलको २०ः८० लगानी व्यवस्थापन स्किम

नयाँ वर्षमा मेगा क्यापिटलको २०ः८० लगानी व्यवस्थापन स्किम

मेगा क्यापिटल मार्केट्स लिमिटेडले नयाँ वर्ष २०८० को उपलक्ष्यमा २०ः८० लगानी व्यवस्थापन सेवा प्रारम्भ गरेको छ ।

नयाँ वर्ष २०८० को पावन अवसरमा ग्राहक वर्गलाई न्यूनतम लागतमा मेगा क्यापिटल मार्केट्स लिमिटेडले २०ः८० लगानी व्यवस्थापन सेवा प्रारम्भ गरेको हो ।

उक्त सेवाअन्तर्गत ग्राहकले लगानी पोर्टफोलियोमा हाल विद्यमान मुद्दती निक्षेपमा प्राप्त गर्न सकिने अधिकतम १२ प्रतिशत ब्याजदरभन्दा बढी नाफा भएको खण्डमा मात्र बढी नाफाको २० प्रतिशत नाफा साझेदारी(परफरमेन्स फी) मेगा क्यापिटलले लिने गरी वार्षिक सञ्चालन सेवा शुल्क(एएमसी)मा शतप्रतिशत छुट प्राप्त गर्न सक्ने छन्।

न्यूनजोखिम आय उपकरणमा प्राप्त हुने आम्दानीसम्ममा सेवा शुल्क नलाग्ने हुनाले ग्राहकले न्यून लागतमा व्यवसायिक लगानी व्यवस्थापकको सेवा प्राप्त गर्न तथा शेयर बजारतर्फ लगानी प्रारम्भ गर्न मद्दत पुग्ने क्यापिटलको दाबी छ ।

न्यूनतम ३ लाख नगद वा शेयर हस्तान्तरण गरेर उक्त सेवा न्यूनतम १ वर्षका लागि लिन सकिनेछ र यस्तो स्किम २०८० बैशाख महिनाभरिका लागि मात्र लागू हुने र अपेक्षित प्रतिफल १५ देखि २० प्रतिशत हुने अनुमान क्यापिटलको छ ।

शेयर बजारमा लगानी गर्ने इच्छा हुँदाहुँदै पनि पर्याप्त समय दिन असमर्थ वा शेयर बजारको बारेमा जानकारी तथा अनुभव नभएता पनि विशेषज्ञहरुबाट व्यावसायिक तवरले लगानी व्यवस्थापन सेवा लिन सकिने विज्ञप्तिमा उल्लेख छ ।

3855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका