जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मेगा बैंकले १२.०७ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी एक अर्ब ७७ करोड रुपैयाँले बढ्ने

मेगा बैंकले १२.०७ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी एक अर्ब ७७ करोड रुपैयाँले बढ्ने

मेगा बैंकले गत बर्षको नाफाबाट १२.०७ प्रतिशत लाभांश दिने भएको छ। बैंकले यसपाली सबै बोनस सेयर दिने छ।

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत हुन बाँकी छ। बैंकको चुक्ता पुँजी १४ अर्ब ६५ करोडको १२.०७ प्रतिशत बोनस सेयर दिन लागेको हो।

बोनस सेयर स्वीकृत भएमा बैंकको चुक्ता पुँजी एक अर्ब ७६ करोड ८८ लाख रुपैयाँले बढ्ने छ। यद्यपी बैंकको लाभांश दर पोहोरभन्दा घटेहो हो।

पोहोर बैंकले  १० प्रतिशत बोनस सेयर र ३.०५ प्रतिशत नगद लाभांश दिएको थियो। बैंकले पछिल्लो १० बर्षमा सर्विधक १३.९५ प्रतिशतसम्म लाभांश दिएको थियो।

बैंकको जगेडा कोषमा ६ अर्ब ५९ करोड रुपैयाँ छ। बैंकले गत आर्थिक बर्ष १ अर्ब ५१ करोड रुपैयाँ बितरणयोग्य नाफा गरेको थियो। बैंकले सञ्चिति कोष र सेयर प्रिमियम कोषसमेत गरेर लाभांश घोषणा गरेको हो।

3985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका