जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • लक्ष्मी ग्रुपले कोरोना कोषमा दियो एक करोड

लक्ष्मी ग्रुपले कोरोना कोषमा दियो एक करोड

लक्ष्मी ग्रुपले नेपाल सरकारबाट स्थापति र सञ्चालित विशेष ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा १ करोडको आर्थिक सहयोग गर्ने भएको छ । उक्त कोषमा जम्मा भएको रकम कोरोना भाइरसको संक्रमण नियन्त्रण र प्रभावितहरुको उपचारका लागि उपयोग हुने छ ।

विश्वका विभिन्न देशमा कोरोना भाइरस संक्रमणले भयाभह रुप लिदै गएको अवस्थामा नेपालमा पनि कोरोना भाइरसको खतरा बढ्दै गएकाले नेपाल सरकारले उक्त कोष स्थापित गरेको हो ।

साथै, ग्रुपले देशका विभिन्न सार्वजनिक अस्पातलहरुमा कोरोना भाइरसको प्रारम्भिक स्क्रीनिंगको लागि फिभर क्लिनिहरु स्थापना गर्ने पहल शुरु गरेको छ । यस्ता क्लिनिकको स्थापनाको लागि लक्ष्मी ग्रुपले आर्थिक सहयोग उपल्बध गराउने छ र हेल्थ याट होम प्रा लिले कार्यान्वयन साझेदारको रुपमा कार्य गर्नेछ ।

फिभर क्लिनिकमा पछिल्ला १४ दिनमा विदेशमा रहेका, कोविड १९ संक्रमित मानिसको सम्पर्कमा आएको हुन सक्ने, सम्भावित लक्षणहरु जस्तै ज्वरो वा ज्वरो बिना रुघा, खोकी देखाएको मानिसलाइ राखिने छ । त्यस्तै, यस क्लिनिकमा जो संक्रमित भए भनेर चिन्तित छन् तर कुनै पनि प्रकारको लक्षण देखिएको छैन,  परामर्श लिन वा विश्वस्त हुन चाहने अन्य रोगीहरूका लागि पनि राखिनेछ ।

यस्ता किलनिक को मुल उद्देश्य कोरोना भाइरसका सम्भावित लक्षण देखिएका बिरामीहरुलाई अस्पतालको आपतकालीन विभाग वा संक्रमण नियन्त्रण केन्द्रमा सिधै नपठाई किलनिक मार्फत कोरोना भाइरस संक्रमणको सम्भावना भए नभएको प्रारिम्भक जाँच गर्ने रहेकाे लक्मी ग्रुपले जनाएकाे छ ।

यस्ताे सेवाले अस्पतालका आपतकालिन विभाग वा संक्रमण रोकथाम बिभागका स्रोतसाधनहरुलाई संक्रमित भएकाहरुको उपचारमा मात्र केद्रित हुन मद्दत गर्दछ । अन्य देशहरूमा पनि यस्ता ज्वरोको स्क्रीनिङ क्लिनिकहरुले अस्पतालका आपतकालीन कोठाहरुमा वास्तविक रुपमा दबाब कम गर्न मद्दत पुर्याएको छ र त्यसैले यसले कोभिड १९ को व्यवस्थापन र रोक्थाममा महत्त्वपूर्ण भूमिका खेलेको छ ।

हाल नेपालमा हाल आएको कठिन परिस्थितिलाई संम्यमताका साथ सामना गर्नका साथै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सम्पुर्ण नेपालीलाई आफनो आफनो क्षेत्रबाट सहयोग गर्न लक्ष्मी गुप्र आग्रह गरेकाे छ । पाेखराबाट उदाएकाे व्यवसायिक घराना लक्ष्मी ग्रुप सामाजिक हितका कार्यमा उल्लेखनिय भूमिका खेल्दै आएकाे छ ।

9000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका