जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • आक्रमक देखियो हिमालयन एभरेष्ट: नाफामा १८४.७५ प्रतिशतको बढोत्तरी, व्यवसायमा आकर्षक फड्को

आक्रमक देखियो हिमालयन एभरेष्ट: नाफामा १८४.७५ प्रतिशतको बढोत्तरी, व्यवसायमा आकर्षक फड्को

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले नाफामा छलाङ पारेको छ । गत वर्ष कम्पनीले २.८४ गुणाले नाफा बढाएको हो । कम्पनीले मंगलबार सार्वजनिक गरेको गत वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

अघिल्लो वर्ष १४ करोड ६ लाख रुपैयाँ नाफा कमाएइको कम्पनीले गत वर्ष भने १८४.७५ प्रतिशतले बढाएको छ । एक वर्षमै कम्पनीले ४० करोड ६ लाख रुपैयाँ नाफा कमाएको हो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ३८.४२ प्रतिशतले बढेर १ अर्ब १७ करोड ७५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा भने कम्पनीले ८५ करोड ६ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको कुल बीमा शुल्क आर्जन भने ३ अर्ब ३५ करोड ३९ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीले २ लाख ११ हजार ९१२ वटा बीमालेख जारी गरेको थियो । यस्तै, नविकरण गरिएको बीमालेखको संख्या भने २६ हजार ५५२ वटा रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा कमिशनबाट ३१ करोड ४० लाख, लगानी, कर्जा तथा अन्यबाट ६ करोड २५ लाख बढी आम्दानी गरको छ । सो अवधिमा अभिकर्ता कमिशनका लागि भने ५ करोड ७ लाख रुपैयाँ खर्चिएको छ ।

गत वर्ष कम्पनीले २ अर्ब ५० करोड ८३ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । कम्पनीले ११ हजार ८५८ वटा दावी भुक्तानी गरेको हो । भुक्तानी हुन् बाँकी दावी रकम भने १ अर्ब ८९ करोड ७४ लाख रुपैयाँ बढी देखिएको छ । यसमा कोभिड समेत जोडिएको छ । ८ हजार ५३१ वटा भुक्तानीमध्ये ५ जहार ८३२ वटा कोभिड रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा ६९ करोड ८ लाख रुपैयाँ रहेको छ । यस्तै, बीमा कोषको आकार भने १ अर्ब २९ करोड ४७ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ६८ पैसा कायम भएको छ । लगानीवाट हुने आय तथा प्रिमियम आम्दानी सन्तोषजनक रहेको कम्पनीको भनाई छ । कम्पनीले ग्राहकहरुलाई स्तरीय बीमा सेवा प्रदान गर्दै आईरहेका कारण थप शाखा वृद्धि भईरहेको जनाएको छ ।

यस्तै, समिक्षा अवधिमा भएको व्यवसाय तथा लगानीवाट हुने आयलाई दृष्टिगत गर्दा कम्पनीले भविष्यमा राम्रो प्रतिफल दिन सक्ने अपेक्षा राखेको छ ।

755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका