जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • खाता अद्यावधिक गर्न राष्ट्र बैंकको   निर्देशन

खाता अद्यावधिक गर्न राष्ट्र बैंकको   निर्देशन

नेपाल राष्ट्र बैंकले सञ्चालनमा रहेका सरकारी खाता अद्यावधिक गर्न तथा हालसम्म नखोलिएका खाताहरु खोल्न बैंक तथा वित्तीय संस्थालाई पुनः निर्देशन दिएको छ । आगामी जेठ १ गते पश्चात् हुने सरकारी कारोबार ‘सरकारी कारोबार निर्देशिका २०७६’ बमोजिम हुने पनि केन्द्रीय बैंकले जानकारी गराएको छ ।

यही वैशाख मसान्तभित्र सम्बन्धित निकायको समन्वयमा सम्पूर्ण खाता खोली अद्यावधिक गर्न समेत केन्द्रीय बैंकले भनेको छ । इमेलमार्फत सरकारी कारोबारको नियमित प्रतिवेदन पेश गरिंदै आएको छ । सोही प्रतिवेदनका आधारमा दैनिक हिसाब मिलान गरिने भएकाले त्यसरी पत्राचार गर्दा कतिपय अवस्थामा सम्बन्धित कर्मचारीको व्यक्तिगत इमेलमार्फत प्रतिवेदन पेश हुने गरेको पाइएको छ  ।

7320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका