जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ओलीले गरे एनपीएलको ट्रफी अनावरण

ओलीले गरे एनपीएलको ट्रफी अनावरण

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण गरेका छन्। सोमबार धरहरा परिसरमा प्रधानमन्त्री ओलीले ट्रफी अनावरण गरेका हुन्। मंसिर १५ गतेबाट सुरु हुने एनपीएलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले कालापत्थरको ढुंगा जडित ट्रफी तयार पारेको छ। क्यानका सचिव पारस खड्काले नेपालीको भावना र माटोलाई जोड्ने दाबी गरे।

‘सगरमाथाको काखमा रहेको कालापत्थरबाट ल्याएको ढुंगा ट्रफीमा छ। यसलाई ट्रफीको रुपमा मात्र नभएर नेपालीको भावनालाई जोड्ने हिसाबले तयार गरिएको छ,’ सचिव खड्काले भने।प्रधानमन्त्री ओलीले सबै टोलीका मार्की खेलाडीको खेल कौशलको चर्चा गर्दै यो नेपाली खेलकुदका लागि महत्त्वपूर्ण दिन भएको बताए।

1720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्