जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ईसेवा आइडी चोरी गरि ठगी गर्ने पक्राउ

ईसेवा आइडी चोरी गरि ठगी गर्ने पक्राउ

ईसेवा आइडीमा अनाधिकृत रुपमा पहुँच पुर्‍याई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका(७ चावहिल बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका(४ घर भएका २३ वर्षीय आशिष खड्कालाई भक्तपुर मध्यपुर ठिमी नगरपालिका(२ सानोठिमीबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पीडितहरुको बारेमा पूर्ण जानकारी लिई बिभिन्न बहानामा उनीहरुका कम्प्यूटर, ल्यापटप, मोबाइल जस्ता डिभाइसबाट गुगल एकाउण्टको पासवर्ड थाहा पाई पीडितहरुको ईसेवा आइडीमा अनाधिकृत रुपमा पहुँच पुर्‍याई अन्य व्यक्तिको नामको खाता लगायत ईसेवा समेतमा रकम रकमान्तर गरी अनलाईन ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न खड्कालाई पक्राउ गरेको हो । खड्कालाई ठगी मुद्धामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

7070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका