
सूर्या लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको नौं महीनासम्ममा रू. १ अर्ब ८० करोड ५ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ ।
यो रकम गत आवकोे यसै अवधिसम्म रू. १ अर्ब ५४ करोड ६४ लाखभन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष उक्त कम्पनीको कुल बीमाशुल्क आर्जन रकम १६ दशमलव ४३ प्रतिशत बढी हो ।
उक्त कम्पनीको नाफामा पनि गत वर्षभन्दा ३६ प्रतिशत वृद्धि देखिएको छ । गत वर्ष नौ महीनामा रू. १३ करोड ७१ लाखभन्दा बढी खुद नाफा गरेको उक्त कम्पनीले यस वर्ष रू. १८ करोड ६७ लाखभन्दा बढी खुद नाफा गरेको हो ।
गत वर्षको तुलनामा उक्त कम्पनीको आम्दानी १९ प्रतिशत बढी अर्थात् रू. २४ करोड ९१ लाखभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १५ करोड ५१ लाखभन्दा बढी पुगेको छ ।
यस वर्ष कम्पनीको चुक्तापूँजी ९० प्रतिशत बढी भएaको हो । ७० प्रतिशत हकप्रद र दुई आर्थिक वर्षको १२ प्रतिशतको दरले २४ प्रतिशत बोनस शेयर मार्फत उक्त कम्पनीको पूँजी बढेको हो ।उक्त कम्पनीको जगेडाकोष रकम गत वर्षभन्दा यस वर्ष ३१ प्रतिशत बढी अर्थात् रू. ६० करोड २ लाभन्दा बढी कायम भएको छ ।
साथै उक्त कम्पनीको जीवन बीमाकोषमा गत वर्षभन्दा ४२ दशमलव ८८ प्रतिशत बढी अर्थात् रू. ६ अर्ब ६४ करोड ३ लाखभन्दा बढी रकम छ । नौ महीनासम्म उक्त कम्पनीमा ४ लाख २३ हजार ६१ बीमालेख कायम रहेको छ ।
यस वर्ष उक्त कम्पनीले ७८४ जनालाई रू. २९ करोड १९ लाखभन्दा बढी दाबी भुक्तानी गरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ११ दशमलव र प्रतिशेयर नेटवर्थ रू. १२४ दशमलव ५४ रहेको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































