जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बजेट कार्यान्वयन हुन्छ, भोलिदेखि नै कार्यान्वयनको अभियानलाई तिव्रता दिन्छु : अर्थमन्त्री

बजेट कार्यान्वयन हुन्छ, भोलिदेखि नै कार्यान्वयनको अभियानलाई तिव्रता दिन्छु : अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडेलले आगामी आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने योजना, प्रतिवद्धता र संकल्पका साथ आएको स्पष्ट पारेका छन् । उनले बजेट कार्यान्वयन हुँदैन कि भनेर शंका नगर्न समेत आग्रह गरेका छन् ।

आगामी आर्थिक बर्ष २०७८ ÷७९ का लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटका सम्बन्धमा आइतबार अर्थ मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलेले यस्तो बताएका हुन् । ‘बजेट केबल सुनाउनका लागि होइन कार्यान्वयन गर्नका लागि, बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याइएको हो भन्ने म विश्वस्त दिलाउन चाहन्छु’, उनले भने, ‘कोभिड महामारीको नियन्त्रण रोकथाम र उपचारमा नै केन्द्रीत हुनुपथ्र्यो र त्यसै अनुरुप बजेट केन्द्रीत गरिएको छ ।

कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्छौ ।’उनले भोलिदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयनको अभियानलाई तिब्रता दिएर अघि बढ्ने बताए । ‘यो सरकारले बजेट कार्यान्वयन गर्छ । यसमा दुविधा राख्नुपर्ने छैन’, उनको भनाइ थियो ।

अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रीत
मन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रीत भएको पनि बताए ।  ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत भएको उनले बताए । आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउँदै समृद्धिको सपना साकार पार्ने प्रतिवद्धता उनले जनाए ।

सरकारले महामारी नचिर्सिएको र मुख्य चुनौतीको रुपमा स्वीकार गरेर सोही अनुरुप राजश्वका नीति र कार्यक्रमका साथमा बजेट आएको बताए । सरकारले प्रभावकारी पहलकदमीको साथमा नेपाली जनतालाई समयमै खोप उपलब्ध गरायो भनेर समाचार र सम्पादकीय लेख्ने ढंगले काम गर्ने प्रतिवद्धता पनि उनले जनाए । खोप लगाएपछि अर्थतन्त्र चलायमान हुने र पुरानै लयमा फर्किने विश्वासका साथ राजश्वको लक्ष्यहरु निर्धारण गरिएको उनले  स्पष्ट पारे ।

चुनावका लागि आवश्यक बजेट

उनले सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सामर्थ्य परिचालन गरिने पनि बताए ।
‘निर्वाचनलाई स्वतन्त्र निष्पक्ष ढंगले सम्पन्न गर्न सम्पुर्ण सामर्थ्य परिचालन गरिने छ’, उनले भने, ‘निर्वाचनका लागि यथेष्ट महत्व दिएर आवश्यक बजेट विनियोजन गरिएको छ ।’ उनले सरकारले मतदाता प्रभावित पार्न नभई अभिभारा पुरा गर्न बजेट ल्याएको समेत सो क्रममा दावी गरे ।
संवैधानिक प्रक्रियालाई ओभर टेक गरेर सरकार सत्तामा नआएको र प्राप्त भएको जनादेश खण्डित पनि नभएको भन्दै उनले चुनाव पछिपनि जनताको विश्वास जित्ने अधिकार अन्य दललाई जस्तै सत्तारुढ दललाई पनि रहेको बताए ।

उनले बजेटले वर्तमान चुनौतिहरुलाई बुझेको, देखेको र सम्बोधनका लागि आवश्यक नीति र कार्यक्रम तथा योजनाका साथ आएकाले कार्यान्वयन गरिने र बजेटमा निर्धारण गरिएका लक्ष्यहरु पनि हासिल गर्ने प्रतिवद्धता जनाए ।

संविधान अनुसार नै बजेट

कतिपयले वर्तमान सरकारलाई पुर्ण बजेट ल्याउने अधिकार नभएको भन्दै कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी गर्ने गरेको भन्दै उनले संविधानले गरेको प्रबन्ध अनुसार नै बजेट ल्याएको जिकिर गरे ।
‘संबैधानिक प्रवन्ध भयो भएन भनेर दुविधा राख्नुपर्ने अवस्था छैन । यो सबैधानिक प्रबन्ध अनुरुप नै आएको छ’, उनले भने, ‘मुलुकको आर्थिक क्रियाकलापलाई निरन्तरता दिने कामबाट सरकार पन्छिनु हुँदैनथ्यो । त्यसैले पनि सरकारले बजेट ल्याउनुपर्थ्यो । अर्को विकल्प थिएन । यस्तो अवस्थामा कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी उपयुक्त हुन सक्तैन ।’

उनले दक्षिण एशियामा खोप प्रयोग गर्ने दोश्रो मुलुक भए जसरी नै प्रत्येक नागरिकलाई खोप दिलाउने सन्र्दभमा पनि तुलनात्मक रुपमा नेपाल अग्रपंक्तिमा उभिने विश्वास दिलाए । बजेटमा नागरिकको जीवनरक्षाका लागि सम्पुर्ण स्रोत साधन र क्षमता लगाउने र जीवन रक्षा गर्ने प्रतिवद्धताका साथ सरकार प्रस्तुत भएको उनले उल्लेख गरे ।

कोभिडका विरुद्धको खोपका सम्बन्धमा असाधारण पहल कदमी लिएर खोप सेवा उपलब्ध गराउने काममा केन्द्रीत भएर लाग्ने प्रतिवद्धता पनि जनाए ।

कर छुटबारे सचिव
सो क्रममा अर्थमन्त्रालयका सचिव रामशरण पुडासैनीले कोभिड १९ संक्रमणको महामारीबाट प्रभावित भएको अर्थतन्त्रलाई पुनरुत्थान गर्नका लागि सरकारले केही सामान र क्षेत्रमा कर छुट दिएको स्पष्ट पारे ।

पुडासैनीले सरकारले अघि सारेको कर छुट कार्यक्रमले लगानी बढाउने, नयाँ उद्योग स्थापना हुने, औद्योगिक क्षेत्र फस्टाउने र अन्तत त्यसले राजश्व पनि बढाउने विश्वास आफुहरुले लिएको बताए । कुल बजेटको ६२ प्रतिशत भन्दा बढी राजश्वबाट नै परिपूर्ति गरिने भएकाले चालु आयोजनालाई निरन्तरता दिनका लागि र अर्थतन्त्रलाई पुरानै लयमा फर्काउनका लागि त्यसो गरिएको उनले स्पष्ट पारे ।

उनले उत्पादनमुलक उद्योग, साना करदाता, निर्यात मुलक उद्योग र स्वास्थ्य उपचार सम्बन्धी सामानमा सरकारले भन्सार कर छुट दिएको स्पष्ट पारे । त्यसैगरी आयात तर्फ औद्योगिक कच्चा पदार्थ, औषधी र घरायसी सामानमा छुट दिएको तथा नयाँ कर सुरु नगरिएको र भएका करका दरहरुको सामान्य समायोजन मात्रै गरिएको स्पष्ट पारे ।

 

4155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका