

मितेरी डेभलपमेन्ट बैंकले आफना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ। बैंकले उक्त बीमा योजना जनरल इन्स्योरेन्स कम्पनी मार्फत गराएको जनाएको छ।
बैंकले यस बिषम प्रतिकुल र असुरक्षित वातावरणमा पनि सेवामा निरन्तर रुपमा लागिरहेको बैंकका सम्पूर्ण कर्मचारीहरुके बीमा गरेको हो । उक्त बीमा दावीका लागी कोरोना रोगको परिक्षण गर्दा पिसिआर टेष्ट पोजिटिभ देखिएमा कर्मचारीहरुले तोकिएको बीमाङ्क रकम प्राप्त गर्ने व्यवस्था रहेको छ ।