जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बन, डेपुटी गभर्नर निलम ढुंगाना कार्यबाहक गभर्नर

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बन,  डेपुटी गभर्नर निलम ढुंगाना कार्यबाहक गभर्नर

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

एक मन्त्रीका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमै गभर्नर अधिकारीबारे प्रश्न उठेको थियो । विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लागेकाले गभर्नरबारे अध्ययन गर्न मन्त्रीहरुको अनौपचारिक टिम नै बनेको थियो ।

गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन भएपछि अधिकाशं बैंकहरु, अटोमोबाईल व्यवसायी लगायत अन्य क्षेत्रका व्यक्तिहरुले खुशि व्यक्त गरेका छन् । उनीहरुा अनुसार गर्भनर अधिकारीको असक्षम नेतृत्व नै नेपालको वर्तमान स्थिति हो भनेका छन् ।

उक्त टोलीमा टोलीमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनादर्न शर्मा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठ थिए ।

गभर्नर महाप्रसाद अधिकारीलाई लागेको आरोपबारे छानविन गर्न पूर्व न्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति बनेको छ । समितिलाई अधिकारीमाथि लागेको आरोपबारे छानबिन गरेर एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

11805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका