जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत स्वास्थ्य सामाग्री वितरण

लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत स्वास्थ्य सामाग्री वितरण

लुम्बिनी विकास बैंकले स्वास्थ्य सामाग्री प्रदान गरेको छ । विश्वभर फैलिसकेको कोरोना संक्रमणबाट बच्नका लागि स्वास्थ्य सामाग्री जनकपुरधाम उपमहानगरपालिकालाई प्रदान गरिएको हो । धनुषामा समेत कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि कोरोनाबाट संक्रमित तथा संक्रमणबाट बचाउने उद्देश्यका साथ लुम्बिनी विकास बैंक लिमिटेड जनकपुरधाम शाखाका प्रबन्धक किरण बहादुर उमा मगरले उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई सो सामाग्री हस्तान्तरण गरेका हुुन् । सो बैंकले १ हजार ५ सय थान सर्जिकल मास्क, ५ सय जोडी ग्लोब्स, ५ हजार मिलि लिटर सेनिटाइजर, १ सय १० लिटर डिसइन्फेक्टेड लिक्विड, १० थान एन ९५ मास्क र २ थान पिपीई उपलब्ध गराएको जनाएको छ ।
सामाजिक उत्तरदायित्व वहन गर्दै स्थानीय स्तरमा कोरोना संक्रमणबाट बचाउने उद्देश्यले यी सामाग्रीहरु वितरण गरेको बैंकका शाखाका प्रबन्धक मगरले जानकारी दिए ।

7215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका