जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • डेडिकेटेड र ट्रंकलाइनको व्यवस्था खारेज

डेडिकेटेड र ट्रंकलाइनको व्यवस्था खारेज

विद्युत नियमन आयोगको सोमबार बसेको संचालक समितिले नयाँ विद्युत महशुल दर तोकेको छ। आयोगले असार महिनादेखि लागु हुनेगरी उक्त महशुल दर तोकेको हो । विद्युत् नियमन आयोगले नयाँ महसुल दर जारी गर्दै अब डेडिकेटेड र ट्रंक लाइनका नाममा महंँगोमा बिजुली बेच्न नपाइने व्यवस्था गरेको हो ।

औद्योगिक ग्राहकको लागि तोकिएको लाइनहरूमा तोकिएको दर रेटमा मात्रै प्राधिकरणले बिलिङ गर्न पाउने आयोगका सदस्य रामप्रसाद धितालले जानकारी दिए । ‘अब हामीले डेडिकेटेड र ट्रंक लाइन चिन्दैनौं, कुनै पनि नाममा अब प्रिमियम शुल्क लगाएर बिजुली बेच्न पाइँदैन,’ धितालले भने ।

यस्तो छ आयोगले निर्धारण गरेको महसुल दरः

–गार्हस्थ वर्गको सिंगल फेज तल्लो भोल्टेज अर्थात २३० भोल्टको लाइनबाट विद्युत खपत गर्ने उपभोक्ता अन्तर्गतका उप–समूहको न्यूनतम (डिमाण्ड) शुल्कमा ११ दशमलव ११ प्रतिशतदेखि ३३ दशमलव ३३ प्रतिशत सम्मको घटौती गरिएको छ।

–इनर्जी शुल्कको हकमा गरेको ५ एम्पियरको लाइनबाट मासिक १० किलोवाट घण्टासम्म विद्युत खपत गर्ने गरिब तथा न्यून आय भएका उपभोक्ताका लागि इनर्जी शुल्क नलाग्ने गरी निर्णय गरिएको छ। साथै सबै एम्पियरको लाइनमार्फत मासिक २१ भन्दा बढी किलोवाट घण्टासम्म खपत गर्ने बाँकी उपसमूहको इनर्जी शुल्कमा ५ प्रतिशतदेखि ९ दशमलव ९ प्रतिशतसम्मको घटौती गरिएको छ।

–गार्हस्थ वर्गको थ्री फेज तल्लो भोल्टेज ९४०० भोल्ट० को लाइनबाट विद्युत खपत गर्ने उपभोक्ता समूहको न्यूनतम शुल्कमा कुनै परिवर्तन गरिएको छैन भने मासिक ४०० किलोवाट घण्टासम्म विद्युत खपत गर्ने उपभोक्ताको इनर्जी शुल्कमा ८४ र ४०० किवा घण्टाभन्दा माथि विद्युत खपत गर्ने उपभोक्ताको इनर्जी शुल्कमा ११.११४ घटौती गरिएको छ।

– गार्हस्थ वर्गको श्री फेज मझौला भोल्टेज ९३३ र ११ केभीको लाइनबाट विद्युत खपत गर्ने उपभोक्ता समूह अन्तर्गत मासिक २००१ किलोवाट घण्टाभन्दा धेरै विद्युत खपत गर्ने उपभोक्ताको इनर्जी शुल्क ७ दशमलव ६९ प्रतिशत ले घटाइएको छ भने बाँकी महसुल यथावत राखिएको छ।

–अन्य उपभोक्ता अन्तर्गतका सामुदायिक खानेपानी वर्गको डिमाण्ड शुल्क हटाइएको छ भने इनर्जी शुल्कमा २३ दशमलव ३३ प्रतिशत सम्मको घटौती गरिएको छ।

–अन्य खानेपानी वर्गको डिमाण्ड शुल्कमा ३१ दशमलव ८२ प्रतिशत सम्मको कटौती गरिएको छ।

–सिंचाई वर्गको लागि आवश्यक कृषि मिटरको प्रयोगमा डिमाण्ड शुल्क हटाइएको छ भने यातायात तथा १३२ केभी लाइनको प्रयोग गर्ने औद्योगिक उपभोक्ताहरुका लागि नयाँ महसुल दर कायम गरिएको छ। बाँकी उपभोक्ताको महसुल भने यथावत राखिएको छ।

–टाइम अफ डे (टिओडी) मिटर जडान गरेका उपभोक्ताहरुको हकमा यातायात तथा १३२ केभी लाइनको प्रयोग गर्ने औद्योगिक उपभोक्ताहरुका लागि नयाँ महसुल दर कायम गरिएको छ।

–सामुदायिक खानेपानी वर्गकोको डिमाण्ड शुल्क हटाइएको छ भने इनर्जी शुल्कमा २२ दशमलव ९५ प्रतिशत सम्मको घटौती गरिएको छ र अन्य खानेपानी वर्गको डिमाण्ड शुल्क ३१ दशमलव ८२ प्रतिशत ले घटाइएको छ। त्यसैगरी सिंचाई वर्गको डिमाण्ड शुल्क हटाइएको छ भने बाँकी महसुल दर यथावत राखिएको छ।

–हालसम्म विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको माध्यमबाट जडान गरिएका औद्योगिक, व्यापारिक तथा गैहव्यापारिक उपभोक्तालाई ६५ प्रतिशतसम्म अतिरिक्त शुल्क लिइरहेकोमा यसलाई पूर्णरुपले हटाईएको छ।

– ६६ केभी लाइन मार्फत विद्युत खपत गर्ने औद्योगिक उपभोक्ताको इनर्जी शुल्कमा पिक, अफ पिक तथा अन्य समयमा क्रमशः ८ दशमलव ६० प्रतिशत, १४ दशमलव ४६ प्रतिशत तथा १० दशमलव ६७ प्रतिशत ले बृद्धि गरिएको छ। जसले गर्दा यस वर्गका उपभोक्ताले प्राधिकरणलाई तिर्नुपर्ने अतिरिक्त शुल्कमा क्रमशः ५६ दशमलव ४० प्रतिशत, ५० दशमलव ४० प्रतिशत तथा ५४ दशमलव ३३ प्रतिशत ले कमी आउन जान्छ।

–देशमा उत्पादित बिद्युतको बहुआयामिक उपयोग गर्न तथा आयातित पेट्रोलियम पदार्थ उपरको परनिर्भरता कम गर्न यातायातको लागि डिमाण्ड शुल्क नलाग्ने गरी नयाँ टाइम अफ डे (टिओडी) विद्युत महसुल दर कायम गरिएको छ। यसमा बर्षादको मौसममा अफ पिक समयमा पिक समय भन्दा करिब ४७ प्रतिशत सम्मले कम दर कायम गरिएको छ ।

–त्यसैगरी अन्य यातायातको हकमा बर्षादको मौसममा अफ पिक समयमा पिक समयको भन्दा करिब ६० प्रतिशत सम्मले कम दर कायम गरिएको छ।

– ग्राहस्थ बर्गको सिंगल फेज तल्लो भोल्टेज ९२३ (भोल्ट) को इनर्जी शुल्कको हकमा गरेको ५ एम्पियरको लाइनबाट ० देखि १० किलोबाट घण्टा सम्म विद्युत खपत गर्ने उपसमूहको इनर्जी शुल्क नलाग्ने निर्णय सामुदायिक थोक उपभोक्ताको हकमा पनि लागु हुनेछ।

6715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका