जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • इक्यान र ज्योति विकास बैंकबीच सम्झौता, संघको सिफारिसमा १५ लाखसम्मको कर्जा पाइने

इक्यान र ज्योति विकास बैंकबीच सम्झौता, संघको सिफारिसमा १५ लाखसम्मको कर्जा पाइने

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र ज्योति विकास बैंकबीच सहकार्य सम्बन्धि सम्झौता भएको छ । आइतबार इक्यानका अध्यक्ष प्रकाश पाण्डे र बैंकका सीइओ श्रीचन्द्र भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

अध्यक्ष प्रकाश पाण्डेका अनुसार अब इक्यानको कार्यसमितिको सिफारिसमा इक्यान सदस्यहरुले १५ लाख रुपैयाँसम्मको प्रोफेसनल लोन लिन सक्नेछन् । यस सम्झौताबाट इक्यानका सञ्चालक, सदस्य संस्था, कर्मचारी तथा उच्चशिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुले कर्जा लिन सहित ज्योति विकास बैंक बाट प्राप्त हुने सम्पूर्ण बैँकिङ सुविधा सहज रुपमा उपयोग गर्न सकिने  विश्वास ब्यक्त गरिएको छ ।

इक्यान शैक्षिक परामर्श क्षेत्रको अग्रणी संस्था हो । साथै सबैभन्दा पुरानो र धेरै सदस्य भएको संस्थाका रुपमा संघले आफ्नो भूमिका निर्वाह गर्दै आएको छ ।

महासचिव दिपकराज भुसालका अनुसार ज्योति विकास बैंकसँगको सहकार्यले यससंघमा आबद्ध संस्था र तीनका सञ्चालकहरुले मात्र नभई विद्यार्थी र अभिभावकले पनि सेवा तथा सुविधा उपयोग गर्न पाउने विश्वास ब्यक्त गरेका छन् ।

उच्च शिक्षाका लागि विदेशी भूमिमा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि इक्यान र इक्यान अन्तर्गतका सदस्य संस्थाले विभिन्न प्रकारका परामर्श सेवा प्रदान गर्दै आएका छन् ।

9445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?