जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्राइम बैंक को शेयर नेप्सेमा सूचीकृत

प्राइम बैंक को शेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीवार प्राइम कमर्सियल बैंक र नेशनल माइक्रोफाइनान्सको शेयर सूचीकृत भएको छ । नेप्सेमा प्राइम कमर्सियल बैंकको कैलाश विकास बैंकलाई प्राप्ती गरेपश्चातको २ करोड ७४ लाख ८५ हजार १५ कित्ता शेयर सूचीकृत भएको हो । प्राइमले कैलाशलाई प्राप्ती गरि गत फागुन २९ गतेदेखि एकिकृत कारोबार गरेको हो ।
त्यस्तै नेशनल माइक्रोफाइनान्सको ७५ प्रतिशत बोनस शेयर पनि बिहीवारनै सूचीकृत भएको छ । कम्पनीले बोनस शेयर वापतको ११ लाख ३१ हजार ६६२ दशमलव ५० कित्ता शेयर सूचीकृत गराएको हो । कम्पनीले गत मंसिर २९ गते छैठौं वार्षिक साधारण सभा मार्फत उक्त बोनस शेयर पारित गरेको थियो ।
पारित गरेको ६ महिनापछि कम्पनीले बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेमा सूचीकृत पश्चात शेयरधनीहरुले आफ्नो हितग्राही खातामा आएपश्चात उक्त शेयर कारोबार गर्न सक्नेछन् ।

6820
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका