जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • महिनाको १८ लाख तलब हुने एडीबीको सल्लाहकारमा अर्थमन्त्रीका भान्जीज्वाइँ

महिनाको १८ लाख तलब हुने एडीबीको सल्लाहकारमा अर्थमन्त्रीका भान्जीज्वाइँ

अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैंक (एडिबी) को कार्यकारी निर्देशकको सल्लाहकारका रुपमा अर्थमन्त्रालयबाट आफ्नो भान्जीज्वाँईलाई पठाएका छन् ।

अघिल्लो सरकार हुँदा तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो सचिवालयमा रहेका उपसचिव रमेश अर्याललाई उक्त पदमा पठाउने तयारी गरेका थिए ।

तर नयाँ सरकारले उपसचिव अर्याललाई रोकेर शाखा अधिकृत भीमकान्त न्यौपानेलाई पठाउने निर्णय गरेको छ । न्यौपाने अर्थमन्त्री शर्माको भान्जीज्वाई हुन् ।

सेवा सुविधाका हिसाबले यो निकै आकर्षक पद मानिन्छ । जसकारण त्यहाँ कुन कर्मचारी पठाउने विषयमा विगतमा पनि विवाद हुने गरेको थियो ।

२ वर्षका लागि नियुक्त हुने यो पदमा तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले सहसचिव रामशरण पुडासैनीलाई पठाएका थिए ।
पुडासैनीलाई त्यहाँ पठाउँदा मुख्यसचिव छोडेर गएका सोमलाल सुवेदीलाई फिर्ता बोलाएको थियो ।

महिनाको २० लाखसम्म तलब सुविधा हुने सो पद निकै आकर्षक मानिन्छ । सोमलाल सुवेदीले सोही पदमा जानको लागि बीचमा राजीनामा दिएपछि निजामति प्रशासनमा बिकृति नै निम्तिएको थियो ।

सामान्यतया सो पदमा सहसचिव स्तरको कर्मचारी पठाउने हो । ओली सरकारले उपसचिवलाई सिफारिस गरेकोमा अर्थमन्त्री शर्माले परिवारका नातेदारलाई शाखा अधिकृत भएपनि पठाएका हुन् ।

4405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका