जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • एशियन लाईफद्वारा तेस्रो त्रैमासिक वित्तिय विवरणमा भएको प्राविधिक गल्तीमा भूल सुधार गर्यो

एशियन लाईफद्वारा तेस्रो त्रैमासिक वित्तिय विवरणमा भएको प्राविधिक गल्तीमा भूल सुधार गर्यो

नेपालको पुरानो लाईफ इन्स्योरेन्स कम्पनी एशियन लाईफ इन्स्योरेन्स कम्पनीले केही दिन अगाडी प्रकाशित गरेको तेश्रो त्रैमासिक वित्तिय विवरणमा केही तथ्यहरु फरक भएको जनाउँदै उक्त प्राविधिक गल्ती सच्याएको जनाएको छ ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनीले भनेको छः– मिति २०७७/०१/३० गते प्रकाशित आ.व.२०७६/०७७ को तेस्रो त्रैमासिक प्रतिवेदन (धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम १ को प्रयोजनका लागि)मा प्राविधिक त्रुटीको कारण प्रति शेयर आम्दानी र मुल्य आम्दानी अनुपातमा क्रमश ८.६७ र ५६.७६ हुनु पर्नेमा अन्यथा हुन गएकोमा क्षमा प्रार्थी सहित सच्याइएका छौं भनिएको छ ।

उक्त कुराको जानकारी एशियन लाईफ इन्स्योरेन्स कम्पनीले बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिलाई समेत पत्राचार गरि जानकारी गराएको छ ।

यस सम्बन्धमा एशियन लाईफ इन्स्योरेन्स कम्पनीका सीइओ राजेश कुुमार श्रेष्ठले भनेः– हाम्रो वित्तिय विवरणमा प्राविधिक रुपमा आम्दानी र मुल्य आम्दानीमा फरक परेको हो । यस बारे हामीले अभियान दैनिकमा भुल सुधार गरेका छौं र यसको जानकारी बीमा समितिलाई समेत दिएका छौंं ।

लकडाउनको यो विषम अवस्थामा कम कर्मचारीबाट काम गराउनु पर्ने वाध्यता छ । त्यसकारण पनि यो सानो मिस्टेक भएको देखिन्छ । हामीले शेयर बजारमा चलखेल गर्न यस्तो गरेको चाहि पक्कै होइनौ । लकडाउनमा शेयर बजार बन्द छ । हामीलाई ठगी गर्न यस्तो गरिएको भन्ने आरोप आए त्यो सरासर गलत हो । उनले थपे ः– काम गर्दै जादा केही गल्ती पक्कै हुन्छन् । हामीबाट पनि भयो तर, हामीले तत्कालै सच्चाएका छौं ।

12680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका