जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकद्धारा क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता

माछापुच्छ्रे बैंकद्धारा क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता

डिजिटल बैंकिङ्ग सेवालाई प्रभावकारी र सहज बनाउने उद्धेश्यले विभिन्न योजनाहरु ल्याईरहेको माछापुच्छ्रे बैंकले हालै नेपाल र भारत वीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका निमित्त नेपाल क्लियरिङ्ग हाउस र फोन पे संग भिन्दा भिन्दै सम्झौता गरेको छ ।

फोन पे संगको सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले यूपिआई–इनेबल्ड एप्स् को प्रयोगद्धारा आफुले प्रयोग गरेको सेवा तथा खरिद गरेको वस्तु तत्काल फोन पे नेटर्वक आवद्ध बैंकका मर्चन्टहरुमा सोझै भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्नेछ ।
व्यापारीहरूमा नगद लेनदेन कारोबार हटाएर क्यूआर भुक्तानीमार्फत सहज रुपमा कारोबार गर्न सुविधा प्रदान गरेको बैंकले जनाएको छ ।

साथै, भविष्यमा व्यापारी भुक्तानी च्यानललाई सहजीकरण गर्न हेतु नेपाल क्लियरिङ्ग हाउससँग पार्टीसीपटिङ तथा सेटलमेन्ट बैंक साझेदारी समेत गरेको हो ।

सम्झौता अनुरुप उता सेवा लाईभ गए पश्चात नेपालमा रहेका भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै बैंकमा खोलिएको कुनै पनि युपिआई ह्यान्डल–लिंक गरिएको खाताबाट भारतमा सीधै पैसा पठाउन सक्नेछन् ।

राष्ट्र बैंकले तोकेको सिमाभित्र बसेर नेपाल राष्ट्र बैंकले तोकीए बमोजिम दैनिक रुपमा १५ हजार भारतीय रुपैयाँँ र मासिक १ लाखसम्म भारत पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ ।

यसै गरि भारतमा रहेका नेपाली नागरिकहरूले पनि युपिआई इलेबल्ड एप्स प्रयोग गरेर त्यहाँको नियामक निकयले तोकेको सिमाभित्र बसेर नेपालमा बैंकको युपिआई ह्यान्डल–लिंक गरिएको खातामा सिधै पैसा पठाउन सक्नेछन् ।

हाललाई भारतमा रहेका नेपाली नागरिकहरूले भारतीय बैंकमा खोलेको खाताबाट प्रति करोवार भारु दुई लाखसम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढि कारोबार ननाघ्ने गरि आफुलाई पायक पर्ने भारतीय बैंकबाट प्रति करोवार भारु पचास हजार पठाउन सक्नेछन् ।

बैंकले गरेको यस पहलले ग्राहकलाई नगद बोक्ने असुविधालाई हटाउन, आर्थीक कारोबारको सहजीकरण र समग्र डिजिटल बैंकिङ्ग कारोबारमा टेवा पु¥याउने लक्ष्य लिएको छ ।

425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका