slot 1winmostbet aviator loginpinup1win casinoparimatchmostbet india1win slotluckygetmosbet4r betaviatorpin up casino1win aviatormostbet kzmostbetpin-up1win aviator4rabet bdpin up indialucky jetpin-upmostbet indialucky jet online1win aviatorpinupparimatch1 win indiamostbet kzmosbet casinopin up bet1win yüklə1winaviator 1 winlucky jetmosbetmost betmostbetmostbet casino4era bet1win casinoonewinmostbet aviator login1win lucky jetpin upmostbet azpinup kz1 winpin up 1 win4a betlucky jet
जोडिनुहोस
बुधबार, बैशाख २६, २०८१
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • ४ लाखको धितोमा १ करोड २५ लाख कर्जा प्रवाहः ऋणी र मेनेजर पक्राउ

विशेष

४ लाखको धितोमा १ करोड २५ लाख कर्जा प्रवाहः ऋणी र मेनेजर पक्राउ

कागजपत्र माथी शंका लागेपछि छानविन गर्दैछौंः– सीइओ किरण कुमार श्रेष्ठ

४ लाखको धितोमा १ करोड २५ लाख कर्जा प्रवाहः ऋणी र मेनेजर पक्राउ

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालको अध्यक्षतामा बसेको बैठकले कर्जाको फाइलमा सहि छाप गरेकै कारण बैकिङ्ग कसुर नलगाउन राष्ट्र बैंकलाई मौद्रिक नीति मार्फत सुझाव पठाएको १ हप्ता नवित्दै राष्ट्रिय वाणिज्य बैंकमा एउटा डरलाग्दो नक्कली कर्जा काण्ड फेला परेको छ ।

नेपालको सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकमा एउटा अचम्मको कर्जा काण्ड फेला परेको छ । नेपालगञ्ज त्रिभुवन चोक शाखाका बैंक मेनेजर ललित बहादुर शाहीकै मिलोमतोमा ४ लाख मुल्यको जग्गा राखी १ करोड २५ लाख कर्जा प्रवाह भएको भेटिएको छ ।

स्थानीय सुनचाँदी व्यवसायी रिजवान महमद जसगठ र बंैक मेनेजरको भित्री मिलोमतोमा यत्रो जनताको पैसा ठगी भएको राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयको अडिटहरुले फेला पारेपछि सो कर्जा काण्डको छानवीन भएको हो ।
निज सुनचाँदी व्यापारीले राष्ट्रिय वाणिज्य बैंक सहित करिब आधा दर्जन बैंकहरुबाट कर्जा लिएको भेटिएको छ । यो काण्डसंगै अन्य ६ वटा वाणिज्य बैंक पनि फस्ने स्रोतको दाबी छ ।

राष्ट्रिय बाणिज्य बैंक लिमिटेडबाट एक व्यवसायीले नक्कली र किर्ते कागजपत्रहरू बनाएर १ करोड २५ लाख रुपैयाँ ऋण लिएको खुलासा भएको छ । नेपालगञ्जका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढले जग्गाको लालपुर्जा, नक्सा, कर तिरेको रसिदसहितका कागजपत्रहरू नक्कली बनाएर राष्ट्रिय वाणिज्य बैंकको नेपालगञ्ज शाखाबाट २०७६ मंसिर २२ गते ५० लाख र २०७७ जेठ २५ गते ७५ लाख गरी १ करोड २५ लाख रकम निकालेको रहस्य खुलेको हो ।

लेखापरिक्षणका क्रममा निजले पेश गरेका कागजहरु किर्ते भएको आशंका भएपछि राष्ट्रिय वाणिज्य बैंकले उक्त कागजपत्रहरुलाई रुजु गर्नका लागि नेपालगंज उपमहानगरपालिकामा पत्र पठाएको थियो । अनुसन्धानका क्रममा उनले सरकारी छाप र कर्मचारीको हस्ताक्षरसमेत किर्ते गरेको पाइएको हो । प्रहरीको अनुसन्धानमा निजले धितोको रुपमा पेश गरेका ४ वटा लालपुर्जामध्ये २ वटा लालपुर्जा नै नक्कली भएको र १ वटा लालपुर्जामा क्षेत्रफल बढाएर किर्ते गरेको खुलासा भएको छ । साथै व्यवसायी गसगढले बैंकमा पेश गरेको सक्कली जग्गाको बजार मूल्य करिब ४ लाख २४ हजार मात्रै भएको तथ्यसमेत बाहिर आएको छ ।

राष्ट्रिय वाणिज्य बैंक त्रिभुवनचोक शाखामा नक्कली र किर्ते कागजपत्रहरूका आधारमा ऋण लगानी गरेको तथ्य सार्वजनिक भएपछि राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय नेपालगञ्जले आन्तरिक छानबिन शुरु गरेको छ । छानबिनका लागि शाखा प्रबन्धक ललितबहादुर शाहीलाई प्रदेश कार्यालयमा तानिएको छ भने त्रिभुवन चोक शाखामा हस्तबहादुर शाहीलाई पठाइएको बैंक उच्च स्रोतको दाबी छ । प्रबन्धक ललितबहादुर शाहीसमेतको मिलेमतोमा यस्तो काम भएको भन्दै शाहीलाई पक्राउ गरी प्रहरीले बयान लिएको बुझिएको छ । सुनचाँदी व्वयसायी जसगढले राष्ट्रिय वाणिज्य बैंकसहित अन्य ६ वटा बैंकमा पनि कारोबार गरेको पाइएको छ । अन्य बैंकका कारोबारबारे पनि थप अनुसन्धान भइरहेको प्रहरीको दाबी छ ।

यसबारेमा राष्ट्रिय वाणिज्य बैंकका सीइओ किरण कुमार श्रेष्ठले पंक्तिकारसंग भनेः– बदमासी भएको आशंका पाएपछि हामीले छानवीन गरिरहेका छौं । प्रहरीले हाम्रा कर्मचारी र ऋणीसंग पनि बयान लिएको छ ।
उनीले थपेः– आइतबारसम्ममा के हो यथार्थ आउने नै छ । हामीलाई यो कर्जाबारे आशंका लाग्यो र हामीलेनै छानवीन गर्न प्रहरीलाई आग्रह समेत गरेका छौं ।

नेपालका बैंक र विकास बैंकका कर्मचारी चाडै धनी हुने लोभमा बेला बचत यस्ता काम हुँदै आएको देखिन्छ ।
जनताको डिपोजिटमा बदमासी भएको यो घटना एउटा पात्र मात्रै हो । दर्जनौ बैंकमा यस्ता घटना भएका छन् । केही छानवीन भए त केही बैंकका उच्च कर्मचारी र ऋणी बीच थप धितो राखी मिलापत्र गरेको देखिन्छ । सचेत भया ।

18425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका