जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • गभर्नर सिफारिस समितिले पाएन पूर्णता

गभर्नर सिफारिस समितिले पाएन पूर्णता

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समितिलाई पूर्णता दिने आशा गरिएपनि पूर्णता पाउन सकेन । गत चैत १६ गते अर्थमन्त्री पौडेल संयोजकत्वको समिति गठन भएको थियो।

यही वैशाख १० गते दुई सदस्यमध्येका विजयनाथ भट्टराईले असन्तुष्ट हुँदै समिति छाडेका थिए। अर्का सदस्य विश्व पौडेल रहे पनि मन्त्रिपरिषद्ले पुनः १ सदस्य नियुक्त गरेर समितिलाई पूर्णता दिनुपर्ने अवस्था छ।

सोही कारण सोमबार साँझ समितिले पूर्णता पाउने अपेक्षा थियो। गभर्नर सिफारिस समितिलाई पूर्णता दिने विषयमा केही निर्णय भनएको एक मन्त्रीले जानकारी दिएका छन् ।

त्यससम्बन्धी प्रस्ताव नै नआएको उनको भनाइ छ । राष्ट्र बैंकमा राजीनामा अड्किएपछि सिफारिस समितिले पनि पूर्णता नपाएको देखिएको छ।

गएको १ महिनादेखि गभर्नर नियुक्ति बिथोलिँदै आएको छ। निवर्तमान गभर्नर महाप्रसाद ढुंगानाको कार्यकाल गत चैत २५ गते सकिइसकेको छ।

1530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।