जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • महासंघ निजी क्षेत्रको आस्थाको केन्द्र हो, यो समस्या समाधान गर्ने मात्रै संस्था होइन

विचार

महासंघ निजी क्षेत्रको आस्थाको केन्द्र हो, यो समस्या समाधान गर्ने मात्रै संस्था होइन

शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

महासंघ निजी क्षेत्रको आस्थाको केन्द्र हो, यो समस्या समाधान गर्ने मात्रै संस्था होइन

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आफुविरुद्ध लाग्ने सबैप्रति आभारी रहेको र आफु काम गर्न महासंघमा आएको बताएका छन् । मंगलबार काठमाडौँमा किशोर प्रधान समूहको उम्मेद्वारी घोषणा सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफु फोटो मात्रै झुन्ड्याउन नआएको भन्दै काम गर्नका लागि बलियो टिम आवश्यक रहेको स्पष्ट पारेका छन् ।

‘महासंघभित्र काम गर्न गाह्रो छ, मैले अध्यक्षका रुपमा निजी क्षेत्रको बाटो तय गर्नुपर्ने छ, यसका लागि बलियो टिम चाहिन्छ । महासंघ निजी क्षेत्रको आस्थाको केन्द्र हो, यो समस्या समाधान गर्ने मात्रै संस्था होइन । हामी समस्या समाधानमा मात्रै कन्द्रित भयौ भने त्यसले अर्थ राख्दैन अब आफ्नो बाटो खोज्ने हो, निजी क्षेत्र कुन दिशामा जाने हो भन्ने विषयमा काम गर्ने हो । मैले यसका लागि होमवर्क गरिसकेको छु ।’ उनले भने।

आफूलाई भोट गरेर जिताउने ६३ प्रतिशतलाई धन्यवाद दिंदै उनले आफ्नो यात्रा सजिलो नभएको बताए । ‘म यहाँसम्म आइपुग्न त्यति सजिलो यात्रा थिएन । ३ वर्षसम्म पीडा दिइयो, म उनीहरुलाई पनि धन्यवाद दिन चाहन्छु । यो पीडा सहज शक्ति दिने साथीहरुलाई मेरो विरुद्धमा पत्रकार सम्मेलन गरी विधान संशोधन गरेर शेखरलाई हटाउनुपर्छ भन्नेलाई पनि आजका दिनमा धन्यवाद दिन चाहन्छु । हरेक कार्यसमितिमा विधान संशोधनको तरबार मेरो टाउकोमाथि लड्काइयो । तर केही साथीहरुले विधान अनुसार जितेका छौं भन्दै हौसला दिने साथीहरु पनि हुनुहुन्थ्यो । आज म उहाँहरू सबैलाई धन्यवाद दिन्छु ।

5455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका