जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ग्लोबल आइएमई बैंकका ग्राहकले इशान अस्पतालमा छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकले इशान अस्पतालमा छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकहले इशान बाल तथा महिला अस्पतालमा छुट पाउने भएका छन् ।

अस्पतालका विभिन्न स्वास्थ्य सेवामा बैंकका ग्राहकले छुट पाउने भएका हुन् । त्यसका लागि बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार, अस्पतालले बैंकका डेबिट÷क्रेडिट कार्ड एव्म बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरुलाई औषधी उपचारका लागि अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्नेेछ ।

अस्पतालले बैंकका ग्राहकहरुलाई अस्पतालको शैया शुल्क, अस्पताल सेवाहरुः डायगोनेस्टिक, ओ.पी.डी लगायतका सेवाहरु साथ–साथ आकस्मिक सेवाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका विभिन्न समयसान्दर्भिक साझेदारी योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ । यसैगरि, ‘सबैका लागि बैंक’ को नारालाई सार्थक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी प्रत्यक्षरुपमा लाभान्वित गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

2935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका