जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अहिले मुलुकसामु अभूतपूर्व अवसर आएको छ : चन्द्र प्रसाद ढकाल

अहिले मुलुकसामु अभूतपूर्व अवसर आएको छ : चन्द्र प्रसाद ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारण सभा एक विशेष समारोहका बीच राजधानीमा उद्घाटन गरिएको छ। विद्यमान कार्यकारिणी समितिको कार्यकाल पूरा हुने यस घडीमा आयोजित सभामा निजी क्षेत्रको सुरक्षा, नीतिगत स्थायित्व र नयाँ चरणको आर्थिक सुधारका विषयलाई मुख्य प्राथमिकताका साथ उठाइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका नेतृत्वले ६० वर्षको यात्रालाई मुलुकको आर्थिक इतिहासमा दृढ संकल्प र संघर्षको प्रतीकका रूपमा चित्रण गरे। विगतका राजनीतिक अस्थिरता, दैवी प्रकोप र आर्थिक चुनौतीहरूका बाबजुद महासंघले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउँदै आएको दाबी गरियो।

PSP र नीतिगत सुधारको नयाँ युग महासंघको पहलमा सरकारले भर्खरै पारित गरेको ‘निजी क्षेत्र प्रवद्र्धन एवं संरक्षण रणनीति’ (PSPP) लाई निजी क्षेत्रको ठूलो उपलब्धिका रूपमा लिइएको छ। यस रणनीतिले व्यवसायीहरूलाई भौतिक र नीतिगत दुवै प्रकारको सुरक्षाको प्रत्याभूति दिने विश्वास व्यक्त गरिएको छ। साथै, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिसहरू कार्यान्वयन गर्ने सरकारको निर्णयले लगानीको वातावरणमा सुधार आउने अपेक्षा गरिएको छ।

आर्थिक चुनौती र सम्भावना सम्बोधनका क्रममा नेपालको अर्थतन्त्र र छिमेकी मुलुकहरूको तुलनात्मक अवस्थाबारे चर्चा गर्दै नेपालको प्रतिव्यक्ति आय वृद्धि सन्तोषजनक नभएको स्वीकार गरियो। वार्षिक ७ लाख युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई चिर्न स्वदेशमै मर्यादित रोजगारी सिर्जना गर्नु आवश्यक रहेको र यसका लागि निजी क्षेत्रको भूमिका ८६ प्रतिशत रहेको स्मरण गराइयो। मध्यपूर्वको संकट, इन्धनको मूल्य वृद्धि र रेमिट्यान्समा पर्न सक्ने सम्भावित असरप्रति पनि सरोकारवालाहरूलाई सचेत गराइएको छ।

नयाँ लगानीका पहलहरू महासंघले आर्थिक बहस मात्र नगरी व्यवहारिक लगानीका लागि ‘नेपाल डेभलेपमेन्ट पब्लिक लिमिटेड’ कम्पनी स्थापना गरी १० अर्ब रुपैयाँ चुक्ता पुँजी परिचालन गर्ने कार्य सुरु गरिसकेको जानकारी दिएको छ। यसले स्वदेशी पुँजीबाटै ठूला आयोजना सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश दिने लक्ष्य राखेको छ। साथै, पछिल्लो तीन वर्षमा विभिन्न देशहरूमा आयोजना गरिएका ‘विजनेश समिट’ ले वैदेशिक लगानी भित्र्याउन सकारात्मक वातावरण तयार गरेको बताइएको छ।

सुशासन र प्रविधिको प्रयोग दिगो आर्थिक विकासका लागि सुशासनलाई अनिवार्य शर्त मानिएको छ। आर्टिफिसियल इन्टेलिजेन्स (AI) को युगमा ‘नागरिक एप’ मार्फत नै व्यवसाय दर्ता लगायतका सम्पूर्ण सेवाहरू झन्झटमुक्त बनाउन सरकारसँग आग्रह गरिएको छ। ‘निजी क्षेत्रको सम्मान समृद्धिको आधार’ भन्ने नारालाई आत्मसाथ गर्दै अगाडि बढ्न सबै उद्योगी व्यवसायीहरूलाई आह्वान गरिएको छ।

अन्त्यमा, भूकम्प र कोरोना महामारी जस्ता कठिन समयमा पनि नेपाली व्यवसायीहरूले देखाएको धैर्यता र प्रतिरोधी क्षमताको प्रशंसा गर्दै, वर्तमानको राजनीतिक स्थायित्वलाई मुलुकको आर्थिक रूपान्तरणमा बदल्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ।

225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका