जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • प्रेस पासको दुरुपयोग गरी लागुऔषध ओसारपसार

प्रेस पासको दुरुपयोग गरी लागुऔषध ओसारपसार

प्रहरीले प्रेस पासको दुरुपयोग गरी लागुऔषध ओसार पसार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। कञ्चनपुरमा निषेधाज्ञाका बेला प्रेस लेखेको ज्याकेट लगाएर लागुऔषध ओसारपसारमा संलग्न भएको भन्दै शुक्लाफाँटा नगरपालिकाका २५ वर्षीय नरेशप्रसाद जोशीलाई पक्राउ गरिएको हो ।

उनलाई शनिबार सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्ती टोलीले बेल्डाँडी गाउँपालिकाको वैवाहस्थित सीमा क्षेत्रबाट पक्राउ गरिएको हो । उनको साथमा लागु औषध खैरो हिरोइन भेटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिए ।

7125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?