जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • आइएमई पेको मन्थ अफ लभ अफर संचालनमा

आइएमई पेको मन्थ अफ लभ अफर संचालनमा

आइएमई पेले मन्थ अफ लभ अफर संचालनमा ल्याएको छ।

अफर अनुसार आइएमई पे एपमा अफर अवधिभरी कम्तीमा ३ वटा विभिन्न कारोबारको भुक्तानी गरेपछि ५ जनाले सामसङ स्मार्टफोन जित्ने मौका पाउने कम्पनीले जनाएको छ।

भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामाकरण पनि त्यसै अनुसार गरिएको उक्त अफर फेब्रुअरी ३ बाट सुरु भएर सो महिनाभर संचालन गरिने बताइएको छ।

अफर अवधि सकिएपछि आइएमई पेको आधिकारिक सामाजिक संजालका पेजहरूमार्फत विजेता घोषणा गरिने कम्पनीले जनाएको छ।

डिजिटल माध्यममा कारोबार गर्न प्रोत्साहन गर्न र नगदरहित इकोसिस्टमलाई सहज बनाउन कम्पनीले अफर सञ्चालनमा ल्याएको बताइएको छ।

4685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?