जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अब घर घरमै स्वास्थ्य परिक्षण हुने, सजिलो मेडसले शुरु गर्यो यस्तो सेवा

अब घर घरमै स्वास्थ्य परिक्षण हुने, सजिलो मेडसले शुरु गर्यो यस्तो सेवा

अनलाइन फर्मा सबैको घर घरमा मूल उद्देश्य लिएर सजिलो मेडस प्रालिले साउन १३ गते(आज)बाट आफ्नो कार्य संचालन गरेकाे छ । कम्पनीले घर घरमा मेडिकल परामर्श, औषधी आपूर्ति र स्वास्थ परिक्षण गर्ने सेवा दिने उद्देश्यले विभिन्न डाक्टर र प्रोफेसनलहरू मिलेर उक्त सेवा संचालन गरेकाे हाे ।

पहिलो चरणमा इमेर्जन्सी पर्दा अनलाइबाट डाक्टरको परामर्श लिन सकिने र प्रत्येक घरमा प्रेस्किप्सन अपलोड गरेको आधारमा आवश्यक औषधि पुर्याउने र दोस्रो चरणमा काठमाडाैं भित्र तोकेको केन्द्रबाट ल्याव सेवा प्रदान गर्ने कम्पनीकाे उद्देश्य रहेकाे छ । यो सबै काम मैतिदेवी स्थित कार्यालयबाट अनलाईन सफ्टवयर मार्फत संचालन, नियन्त्रण र निर्देशन गर्ने कम्पनीका अध्यक्ष चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराईले जनाएका छन् ।

बैदेशिक रोजगारी र अध्ययनको लागि प्रायः प्रत्येक घरबाट विदेशिएको कारण घरमा रहने वृद्ध वृद्धालाई स्वास्थ्य सेवा लिनमा आइरहेको कठीनाइलाई हेरेर सेवा पुर्याउने लक्ष्यले पनि सजिलो मेडसको अवधारणा ल्याइएको हो। विदेशमा लामो समय काम गरेका दक्ष व्यक्ति, काठमाडाैंका प्रतिष्ठित डाक्टर, औषधी व्यवसायी र प्रोफेसनल मिलेर कम्पनी स्थापना र संचालन गरिएकोले स्वास्थ्य परामर्श र आवश्यक औषधी घरघरमा पुर्‍याउन सकिने कम्पनीकाे प्रतिवद्धता रहेकाे छ ।

5455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका