जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

प्रभु बैंकले साउन १९ गते सोमवारदेखि विक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने साउन २३ गते शुक्रवार अन्तिम दिन रहेको छ । बैंकले प्रतिकित्ता रू. १००० दरको रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको हो ।

कुल कित्तामध्ये १२ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट विभिन्न संघ संगठनहरुलाई विक्री गर्नेछ भने रू. ८० करोड बराबरको ८ लाख कित्तामध्य ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएर बाँकी ७ लाख ६० हजार कित्ता भने सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणलाई विक्रीमा ल्याएको हो । वार्षिक १० प्रतिशत व्याजदरको ८ वर्षे अवधिको प्रभु बैंक डिबेञ्चर २०८४ जारी गर्न लागि प्रभुले असार ३१ गते नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको हो । यो ऋणपत्र विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

यो ऋणपत्र खरिद गर्न चाहनेहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । छिटोमा साउन २३ गते र ढिलोमा भदौ १ गतेसम्म ऋणपत्र विक्रीको मिति तय भएपनि छिटो अवधिभित्रै माग भन्दा बढी आवेदन परिसकेकाले विक्री बन्द गर्न लागेको बैंकले जानकारी दिएको छ ।

प्रभुको यस ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले समयमानै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित मानिने केयर एनपी त्रिपल बी रेटिङ्ग प्र्रदान गरेको छ । आवेदन दिदाँ सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका सम्पूर्ण शाखाबाट दिन सकिनेछ भने मेरो शेयर मार्फत घरमै बसेर पनि आवेदन दिन सकिनेछ ।

13045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?