जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • बीओकेको लिलामी संस्थापक सेयर सर्वसाधारणले पनि भर्न पाउने

बीओकेको लिलामी संस्थापक सेयर सर्वसाधारणले पनि भर्न पाउने

बैंक अफ काठमान्डूले भदौ १ गतेबाट ३ लाख १६ हजार १५६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेकोे यो सेयर बिक्री गर्न लागेको भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १४० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । भदौ ८ गतेसम्म आवेदन दिन सकिनेछ । बिक्री एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन भदौ ९ गते बिहान १० बजे एनएमबि क्यापिटलको कार्यालय नागपोखरीमा खोलिनेछ ।

8160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका