जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • जनरल इन्स्योरेन्सले ३० लाख कित्ता सेयर निष्कासन गर्ने

जनरल इन्स्योरेन्सले ३० लाख कित्ता सेयर निष्कासन गर्ने

जनरल इन्स्योरेन्स कम्पनी नेपालले ३० लाख कित्ता आइपीओ निष्कासन तथा बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

७० प्रतिशत सस्थापक सेयर रहेको कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो। कम्पनीले आइपीओ निष्कासनका लागि गत असार ५ गते बोर्डमा निवेदन दिएको थियो।

कम्पनीको चुक्ता पुँजी हाल ७० करोड छ। आईपीओ जारी भएपछि चुक्ता पुँजी एक अर्ब पुग्नेछ ।

8605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?