जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नयाँ टीभीएस एनटर्क-१२५ रेस एक्सपी अब पोखरामा, बतास ब्रदर्सले बेच्ने

नयाँ टीभीएस एनटर्क-१२५ रेस एक्सपी अब पोखरामा, बतास ब्रदर्सले बेच्ने
 नयाँ टीभीएस एक्सपी-१२५ सीसी रेस संस्करणको एन्टर्क स्कुटर अब पोखरामा पनि उपलब्ध हुने भएको छ। यो सँगै अब सर्वसाधारणले पोखराको बतास ब्रदर्स प्रालिबाट पनि स्कुटर खरीद गर्न सक्ने कम्पनीले जनाएको छ।यो नयाँ मोडलमा टीभीएस स्मार्टकनेक्ट कनेक्टिभीटी प्ल्याटफर्म तथा राइड मोडहरु छान्ने सुविधा उपलब्ध रहेका छन्।

कार्यक्रममा टीभीएस मोटर इन्टरनेशनल बिजनेस उपाध्यक्ष राहुल नायकले टीभीएसका लागि नेपाल प्रमुख बजार रहेको बताउँदै नेपाली उपभोक्ताको रुचीमा उत्पादन ल्याउन पाएकोमा खुशी व्यक्त गरे।

टीभीएस स्मार्ट एक्सनेट कनेक्टिभीटी प्ल्याट्फर्म सहितको लन्च सँगै स्कुटर उद्योगमा छुट्टै उदाहरण प्रस्तुत गर्न सफल भएको कम्पनीले जनाएको छ।

यसमा मोड चेन्ज, नेभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडीलगायत अन्य थुप्रै कनेक्टिभीटी अप्सनहरु समावेश गरिएको छ। यसमा १२५ सीसी सेग्मेन्टमा १० पीएसभन्दा धेरै पावर उपलब्ध रहेको छ। पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुसनले यसको पावर डेलिभरी अझै राम्रो बनाएको छ। ट्राइ-टोन कलर रिम सहित उपलब्ध यो स्कुटरको मुल्य ३ लाख ५ हजार ९०० रुपैयाँ रहेको छ।

5265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?