जोडिनुहोस
शुक्रबार, अशोज ९, २०७७
शुक्रबार, अशोज ९, २०७७
  • होमपेज
  • कोरोना बीमा हुने खाने वर्ग नभई हुँदा खाने वर्गसम्म पुर्याउने योजनामा छुः करिब १२ लाख जनाको कोरोना बीमा भइसकेको अवस्था छ

कोरोना बीमा हुने खाने वर्ग नभई हुँदा खाने वर्गसम्म पुर्याउने योजनामा छुः करिब १२ लाख जनाको कोरोना बीमा भइसकेको अवस्था छ

चिरञ्जीवी चापागाई चिनाई राख्नु पर्ने नाम होइन । चापागाई बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिका अध्यक्ष हुन् । अहिले विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र तहसनहस भएको छ । कोरोनाको संक्रमण फैलिन नदिन नेपाल सरकारले निषेधाज्ञा जारी गरेको छ । बीमा भनेको फोर्स सेभिंग पनि हो ।

कोरोना बीमाको नामबाट नेपाली नागारिक, परिवार एवम् संस्थाहरुले आफ्ना सदस्यको व्यक्तिगत वा समूहिक बीमा गर्न सक्ने उक्त योजना अहिले चर्चित बनेको छ । यस्तो अवस्थामा पनि सजिलै ‘पोलिसी’ खरीद गर्न सकिने र त्यसका लागि मेडिकल र वित्तीय ‘अन्डरराइटिङ’को आवश्यकता नपर्ने व्यवस्था रहेकाले इच्छुकले अनलाइनमार्फत कोरोना बीमा योजना खरीद गरेको देखिन्छ । इन्टरनेटको पहुँच नभएको ठाउँमा समेत २० निर्जीवन बीमा कम्पनीले काम गर्दै आएका कृषि बीमा तथा घुम्ती बीमामार्फत पनि योजना खरिद गर्न सकिने व्यवस्था मिलाइएको बीमा समितिका अध्यक्ष चापागाईको तर्क छ ।

बीमा समितिले बीमालेखलाई दुई समूहमा विभाजन गरिएको छ । पहिलो बीमालेख रु एक लाख बराबरको छ । सो योजना खरिदका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ लाग्नेछ । पारिवार वा संस्थागत रुपमा बीमा गर्ने भए ६०० रुपैयाँ मात्रै लाग्नेछ । दोस्रो योजना रु ५० हजार रुपैयाँ बराबरको छ । यो योजना खरिदका लागि प्रतिव्यक्ति ५०० रुपैयाँ र परिवार वा संस्थाको सम्पूर्ण सदस्यको सामूहिक बीमाका लागि प्रतिव्यक्ति ३०० रुपैयाँ मात्रै लाग्ने देखिन्छ ।

कोरोना भाइरस महामारीकारुपमा आएको र सानो रकमबाट भए पनि सङ्क्रमणमा परेका व्यक्तिलाई आर्थिक सहयोग होस् भन्ने उद्देश्यले बीमा लेख जारी गरिएको अध्यक्ष चापागाईले बताए । कोरोना भाइरस सङ्क्रमणपछिको उपचार सरकारले गर्ने भए पनि सङ्क्रमित व्यक्तिको आर्थिक अवस्थालाई ध्यानमा राखेर बीमा लेख जारी गरिएपछि अहिलेसम्म करिब १२ लाख जनाले कोरोना बीमा लेख खरिद गरेको देखिन्छ । कोरोना बीमा २० निजीवन बीमा कम्पनी र एक पुर्नवीमाले बिक्री गरेको अवस्था छ ।

कोरोना बीमाको पहिलो बीमा लेख खरिद गरेर कोरोना बीमा शुरु गरेका बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईसंग कोरोना बीमामा मात्रै केन्द्रीत रहि आर्थिक बजारन्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यले तयार पारेको यो रिपोर्टः–

० अध्यक्षज्यू दिनदिनै कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । यसबीचमा कोरोना बीमा प्रोडक्ट बजारमा आएको छ । यो कस्तो बीमा हो । यसलाई कसरी लिने ?
संसारभरी फैलिएको कोरोना भाइरसले नेपाल पनि पछिल्लो समय आक्रान्त पारेको छ । तर, उपचारको अलवा अन्य खर्च गर्न दिइने खर्चलाई कोरोना बीमा भनिन्छ । कसैलाई कोरोना पोजेटिभ देखिन साथ बीमा रकम पाइन्छ । यो बीमा समितिको पहलमा २० वटा निजीवन बीमा कम्पनी र नेपालको एउटै मात्र पुनवीमा कम्पनीको पुल मार्फत गरिएको कोरोना बीमा हो ।

० यसले कोरोनाको पिसिआर परिक्षणबाट लक्षण पोजेटिभ देखिएका विरामीलाई आर्थिकरुपमा राहत पक्कै हुन्छ त ?
आर्थिक जोखिम पक्कै कम हुन्छ । बीमा कम्पनी र बीमा समिति बीच छलफल ग¥यो । केही विरामी सन्चो भएपछि घर फर्किदा राम्रो व्यवहार भएन । आम्दानी गुमाउनु पर्ने र समाजबाट बहिस्कृत हुनु पर्ने वाध्यताका कारण यो कोरोना बीमा हामीले ल्याएका हौं । यसले केही मात्रामा भएपनि विरामी र उसको परिवारलाई राहत दिन्छ ।

० त्यसो भए यो कोरोना बीमा आम नेपालीले गर्न सक्दछन त ?
सबै नेपालीले गर्न सक्दछन् । यसमा २ वटा बीमा लेख छन् । एक लाख र पचास हजार रुपैयाको छ । तर, सबै परिवारको बीमा गरिए मात्रै छ सय प्रतिव्यक्ति रुपैयामा बीमा १ लाखको हुन्छ । ५० हजारको परिवारकै बीमा गरिए ३०० प्रति व्यक्ति कोरोना बीमा हुन्छ । १÷१ जनाको मात्रै गरि १ लाखको १ हजार र ५० हजारको ५०० रुपैया तोकिएको छ ।

२०७७ साल बैशाख ७ गतेबाट यो शुरु भएको हो । र पहिलो लेख बीमा समितिको अध्यक्षको नाताले म र मेरो परिवाले नै खरिद गरेको थियो । यो वीचमा बजेट मार्फत सरकारले सामुहिक कोरोना बीमामा राज्यले ५० प्रतिशत अनुदान दिने र राष्ट्र सेवक कर्मचारीहरुको निःशुल्क कोरोना बिमा गर्ने कुरा आयो । त्यसपछि यो बीमा राष्ट्रियकरण भएर राज्यबाटै मान्यता प्राप्त कोरोना बीमा भएको छ । यसको महत्व आजका दिनमा झन बढेको देखिन्छ ।

० स्वास्थ्यकर्मी, डाक्टर र नर्सहरुकोमा चाहि कसरी यो बीमा गरिन्छ त ?
सरकारी डाक्टर र नर्सहरुको राज्यलेनै निःशुल्क बीमा गर्दछ । राज्यका कर्मचारी नभएको हकमा चाहि उहाँहरुले सामुहिक बीमा गरे राज्यले दिने ५० प्रतिशत अनुदान पाउनु हुने नै छ । डा. लोचन कार्कीसंग मेरो कुरा भएको छ । उहाँलाई भनेको छु । ६ सयको बीमा ३ सयमा नै हुन्छ । आँधा राज्यलेनै अनुदान दिने छ । अरु सबै नर्स डाक्टर र अग्रपंक्तिमा काम गर्ने सबैको कोरोना बीमा हुन्छ नि ।

० विदेशबाट फर्किएका नेपाली दाजुभाई दिदिबहिनीहरुको हकमा चाहि कोरोना बीमा के हुन्छ अध्यक्षज्यू ?
विदेशबाट आएका सबैले १५ दिन क्वाराईनटाइमा बस्नु पर्दछ र १५ दिन फेरि घरमा बस्नु पर्दछ र १ महिना पूरा भएपछि उहाँहरुको पिसिआर टेस्ट गरेको हुनुपर्दछ र त्यसलाई स्थानीय तहले सटिफाइ गरेपछि हामीले यी दुईबटा डक्यूमेन्टको आधारमा कोरोना बीमा हुने वातावरण हामीले मिलाएका छौं ।

० यो बीमा कहाँ र कसरी गर्न सकिन्छ प्रक्रिया के छ ?
२० वटा निर्जीवन बीमा कम्पनीहरुको बेवसाइटमा गएर फर्म डाउनलोड गरि भर्नुपर्दछ र पीसीआर टेस्टभएको ७ दिनभित्र रकम पाउनु हुन्छ ।

० भनेपछि पीसीआर टेष्ट भए पुग्दछ ?
पुग्दछ ।

० यो पटक÷पटक किस्ता तिर्ने बीमा हो वा एक पटक भुक्तानी गरेपछि पुग्दछ अध्यक्षज्यू ?
तीनसय तपाई राख्नुहोस् । तीस सय रुपैया राज्यले दिन्छ । ६०० मा सामुहिक परिवारको प्रतिव्यक्ति १ लाखको १ वर्षको कोरोना बीमा हुन्छ । बीचमा कुनै शुल्क लाग्दैन ।

० बीमा गरेका बीमितले कसरी बिमा भुक्तानी पाइन्छ कोरोना भएपछि ?
उसको रिपोर्ट पोजेटिभ आएका कागज सहित बीमा गरेको ठाउँमा दाबी भुक्तानी माग भएपछि ७ दिनभित्र उसले रकम पाउने छ ।

० भुक्तानीका लागि शर्त तोकिएको छ कि ?
व्यक्तिको सबै विवरण सत्य र साँचो त हुनप¥यो नि । यस्ता शर्त केही पनि छैन । बीमा गर्दा चाहिने कागज पत्र राखेर गरेको छ भने केही शर्त लागु हुँदैन । इन्टरनेटबाट गरेका बीमामा कागजपत्र पनि राख्नु प¥यो नि असल साथी हो बीमामा ढाट्न हुँदैन ।

० अनुदान चाहि कसरी लिने त ?
२० निजीवन बीमा कम्पनीले बीमा समितिलाई लेखेर पठाउने छन् र हामीले अर्थमन्त्रालयसंग रकम माग गरि कम्पनीहरुको खातामा रकम राखी दिनेछौं ।

० दाबी भुक्तानी नहुँदै कोरोन संक्रमितको मृत्यु भएमा चाहि कसरी यो पाइन्छ त ?
इच्छाएको व्यक्तिले नै पाइन्छ लेखिएको भए । नलेखिएको भए नजिकको नातेदारले पाउनेछ ।

० अहिलेसम्म कतिले कोरोना बीमा गरेका छन् त अध्यक्ष ज्यू ?
८ लाख ९२ हजारले कोरोना बीमा गरेका छन् । ४९ करोड रकम जम्मा भएके छ । त्यसमा ८ लाख प्रहरी र राष्ट्र सवक कर्मचारीको जोडिएको छैन । ११÷१२ लाख दाजुभाइ दिदीबहिनीले बीमा गरिसक्नु भएको छ ।

० यति धेरै बीमा भएको बताउनु भयो । यस बीमाबाट कति लाभान्वित भएका छन् त ?
यो रोग नलागोस भन्ने हाम्रो चाहना हो । करिब ५० करोड रकम जम्मा भएको छ । १५० दाबी भुक्तानी भएका छन् । २५० दाबी प्रकृयामै छन् । ४ सय जनाको दाबी परेको छ । कोरोना बीमाको असार मसान्तसम्म म्याद छ । दाबी कम प¥यो भने खर्च केही कटाएर सामाजिक सुरक्षाका कार्यक्रममा यो पैसा जान्छ कोरोना विरुद्ध उपचार गर्ने भेन्टिलेटर र अन्य औजार खरिद गर्ने पक्षमा हामी छौं । सबैले कोरोना बीमा गरौं ।

० कोरोना बीमाका चुनौती चाहि के छ त अध्यक्षज्यू ?
यो व्यापक हुँदैन भन्ने थियो तर उल्टो भयो राम्रो भयो, चर्चित भयो बीमा समितिले गाउँ गाउँसम्म यो बीमा पु¥याउन निजीवन बीमा कम्पनीलाई भनेको थियो । घुम्ती र कृषि बीमा मार्फत यसको प्रचार प्रसार भएको थियो । विक्री पनि भएको छ । चुनौती कहाँ छ भने बैंक वित्तिय संस्था कर्पोरेट हाउस राज्यका राष्ट्रसेवक, कर्मचारी, उद्योग व्यवसायी र सबै वर्गले कोरोना बीमा गर्ने मौका त पाउनु भयो तर, विपन्न जनता र ग्रामिण क्षेत्रका जनताले बीमा गर्न सकेका छैनन् । जुम्ला, हुम्ला जस्ता ठाउँमा यो बीमा गर्न सकेका छैनन् । यो चाहि चुनौती हो जस्तो लागेको छ ।

० यसका लागि के योजना छन् त ?
सबै सुरक्षा निकायका प्रमुखहरुले जो सम्बन्धीत जिल्लाका प्रमुख हुनुहुन्छ । उहाँहरुले हाम्रा बीमा कम्पनीहरुसंग समन्वय गरी कोरोना बीमा गर्ने वातावरण बनाईदिनु पर्ने मैले देखेको छु । यसले हुने खाने नभई हुँदा खाने वर्गमा कोरोना बीमा पुग्ने मैले देखेको छु ।

० कोरोना बीमा गर्ने व्यक्ति र कम्पनीहरुलाई चाहि के भन्नु हुन्छ त ?
बीमा कम्पनीहरुलाई धन्यवाद दिन्छु । बीमा समितिले पोलिसी बनाउने हो तर, काम गर्ने निजीवन बीमा कम्पनी हुन् । कोरोना बीमाको पुर्नबीमा हुँदैन । त्यसकारण सचेत भएर अगाडी बढ्नु पर्दछ । १ अर्ब भन्दा बढि रकम दाबी बढि भए बीमा कम्पनीले दिन्छ । त्यसभन्दा बढि भए पुनवीमा कम्पनीले दिन्छ । त्यो भन्दा बढि भए कोषबाट दिन्छ । त्यो भन्दा बढि भए बीमा समितिले दिन्छ । त्यसकारण हामीले ३ अर्ब ५० करोडको फण्ड पनि बनाएका छौं नि ।
बीमा गर्नेहरुलाई चाहि के भन्छु भने कोरोनाको सबै खर्च राज्यले गर्दछ । हामीले राहत दिने हो । त्यसकारण यो उपहारमा सहभागी बनौ । सानो रकममा कोरोना बीमा गरौं । स–परिवारको प्रति व्यक्ति १ लाख रुपैया उपहार लिउ भन्न चाहान्छु । यो अन्र्तर्वात रेडियो सगरमाथामा सुन्न सक्नुहुनेछ ।)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका