जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • युनिक नेपाल लघुवित्तले २ करोड ७० लाखको आईपीओ जारी गर्ने

युनिक नेपाल लघुवित्तले २ करोड ७० लाखको आईपीओ जारी गर्ने

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले २ करोड ७० लाख बराबरको प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

संस्थाले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको २ लाख ७० हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सो शेयर निष्काशन सम्बन्धी सम्झौता-पत्रमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको तर्फबाट कार्यकारी निर्देशक डा. गोपाल दहित र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्थालि. को अधिकृत पूँजी १० करोड, जारी पूँजी ९ करोड, र चुक्ता पूँजी ६ करोड ३० लाख रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी ९ करोड हुनेछ ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७५/४/१८ मा पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७५ साल मंसीर ६ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस वित्तीय संस्थाले २०७५ सालपौष १ गतेदेखि आफ्नो वित्तीयकारोवारको शुुभारम्भ गरेको हो ।

कोहलपुर, बाँकेमाकेन्द्रीयकार्यालय रहेको यस वित्तीयसंस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र मध्ये बर्दिया, कैलाली, बाँके, कञ्चनपुर, दाङ र कपिलवस्तु जिल्लाभित्र ३८ वटा शाखा कार्यालय मार्फत् ८२,८६५ विपन्न वर्गका महिलाहरुलाई समूहमा आबद्घ गरी १ अर्ब ७८ करोड ९८ लाख ९३ हजार रुपैयाँ बचत संकलन तथा २ अर्ब ५० करोड ४३ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह रहेको छ ।

स्थापनाकाल देखि नै नाफामा संचालन रहेको युनिक नेपाल लघुवित्त संस्था लिमिटेडले आ.व.०७६/०७७ आषाढ मसान्तसम्ममा ४ करोड ५ लाख खुद मुुनाफा गरेको छ ।

8385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?