जोडिनुहोस
आइतवार, फाल्गुन १७, २०८२
आइतवार, फाल्गुन १७, २०८२
  • होमपेज
  • प्रभु लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान

प्रभु लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान

प्रभु लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज २९ गते बिहिबार काठमाडौँको होटेल मेरियटमा सभा आह्वान गरेको हो ।

सभामा आर्थिक वर्ष ७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, वित्तीय विवरणहरु स्वीकृत गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने, संचालक समितिका निर्णय अनुमोदन गर्ने लगायतका साधारण प्रस्ताव पेश हुने छ ।

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने र उक्त संशोधनमा फेरबदल आवश्यक परेमा आवश्यक संशोधन तथा परिमार्जनको कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ ।

२ अर्ब चुक्ता पुंजी रहेको कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन। कम्पनीले छिट्टै नै सर्वसाधारणलाई ६० करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने अत्यारी गरेको छ।

9570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका