जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राष्ट्र बैंकले गर्याे ९ वाणिज्य बैंकलाई कारबाही

राष्ट्र बैंकले गर्याे ९ वाणिज्य बैंकलाई कारबाही

नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ ।

राष्ट्र बैंकको नियम, सर्कुलर र निर्देशन विपरित काम गरेको भन्दै बैंक अफ काठमाडौं लिमिटेड, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमइ बैंक र मेगा बैंकलाई कारबाही गरिएको हो ।

राष्ट्र बैंकले निर्धारण गरेको नियम अनुसार विपन्न वर्ग क्षेत्र कर्जा लगानी नगरेको भन्दै बैंक अफ काठमाडौं लिमिटेडलाई २ करोड ११ लाख ८५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

यस्तै, सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशन उल्लघंन गरेको भन्दै कृषि विकास बैंकलाई २० लाख रुपैयाँ जरिवाना गरिएको छ ।

नेपाल राष्ट्र बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरुमा कारोबार गरेको भन्दै बैंक अफ काठमाडौं लिमिटेड,प्रभु बैंक, कुमारी बैंक र प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

एक पटक लगानी भएको कर्जामा प्रिमियम दर वृद्धि गरेको भन्दै हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल बैंक र मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

आधार दर भन्दा कम ब्याजदरमा कर्जा दिएको भन्दै सनराइज र मेगा बैंकका सीईओलाई सचेत गराइएको छ ।

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अवकाश हुँदा थप सुविधा दिएको भन्दै सनराइज बैंकको सञ्चालक समितिलाई सचेत गराइएको छ ।

मेगा बैंकले विगतमा लगानी भएका कर्जा असुल नगरी पटक-पटक नविकरण गरेको भन्दै बैंकका सीईओ र प्रमुख कर्जा अधिकृतलाई सचेत गराइएको छ ।

 

2065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका