नबिल इन्भेष्टमेण्ट बैकिंग लिमिटेड र कामना सेवा विकास बैंकबीच सम्झौता भएको छ । आश्विन ५ गते संस्थागत परामर्श सेवा सम्बन्धि सम्झौता सम्पन्न हो ।
सो सम्झौता पत्रमा कामना सेवा विकास बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत तथा नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सबिर वादे श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
यो सम्झौताबाट कामना सेवा विकास बैंकले संस्थागत परामर्श सेवा सम्बन्धि सेवाहरु यस कम्पनीबाट प्राप्त गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।