जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ३ हजार ५ सय रुपैयाँमा जागिर शुरु गरेका सीईओ शाह भन्छन् सबैको कुरा सुन्नुहोस् डिसिजन आफ्नै गर्नुहोस्

३ हजार ५ सय रुपैयाँमा जागिर शुरु गरेका सीईओ शाह भन्छन् सबैको कुरा सुन्नुहोस् डिसिजन आफ्नै गर्नुहोस्

अनिलकेशरी शाह, सीईओ, नबिल बैंक

सबैभन्दा पहिले आफूमा आत्मविश्वास हुनुपर्छ । मेरो मन्तव्यले इन्सपायर भएर केही हुँदैन । इन्सपायर हुनपर्ने छ भने इन्स्पाइरेसनलाई लिएर केही गर्नुहोस् । इन्सपायर भएर त्यो जुङे ले त राम्रो कुरा गर्यो भन्दै गफ गरेर भोलि त्यही काम गर्नुभयो भने त्यसको केही फाइदा हुनेवाला छैन् । जुन ठाउँमा तपाईँहरू उभिनुभएको छ, त्यो ठाउँमा सबैभन्दा महत्वपूर्ण भनेको आत्मविश्वास हो ।

म १६ वर्षको हुँदा ९ वटा विद्यालयमा पढेको थिए । ९ वटा विद्यालयमा रेस्टिगेट हुँदै फाल्दै होइन, मेरो मुवा परराष्ट्रमा र बुवा डाक्टर हुनुहुन्थ्यो । पोस्टिङ धेरै ठाउँमा हुने भएकाले म र मेरो भाइ ९ वटा विद्यालयमा पढ्यौ । म १६ वर्षको हुँदाखेरि अमेरिकाको युनिभर्सिटीमा पुगे । त्यहाँ उनीहरूले तिमी १६ वर्षको छौ, अधिकांश १८ वर्षका छन्, तिमीले एसएलसी पनि गरेका छैनौ, १२ कक्षाको स्कुलिङ पनि गरेको छैनौ । तर हामी तिमीलाई एउटा मौका दिन चाहन्छौ । तिमीले यो जिपिए भन्दा माथि राख्न सकेउ भने पढ्न सक्छौ, यदि यो भन्दा तल गयो तिमीले छोड्नुपर्छ भने ।

मैले भने म यसको बारेमा केही सोच्छु । उनीहरूले पनि हुन्छ भने । कलेज शुरु भएको एक हप्ता भइसकेको थियो । बाहिर एउटा पसलमा गएर कोक खादै मैले धेरै सोचे । यदि मैले मेरो परिवारलाई सोधे भने यदि गर भने नसकेपछि तपाईंले भन्नुभएको त होनी भन्ने हुन्छ । नगर भने खुसुक्क घर फर्किने । त्यो बेलामा मैले सही निर्णय गर्नुपर्ने थियो । म फर्केर जाँदा ४५ मिनेट जति भएको थियो । तिमी ब्याक भयौ भनेर सोधे । मैले उत्तर दिए मैले भने म सक्छु । मेरो आत्मविश्वास म भित्रबाट आयो । मैले बिबिए अमेरिकामा गरे । ब्याचलर अमेरिकामा गरिसकेपछि मास्टर दिल्लीमा गरे । ब्याचुलर उता गरेर मास्टर किन यता गर्न आएको भनेर धेरैले सोधे । सबैले मलाई यो त उल्टो भयो भने । फेरि मलाई विश्वास थियो की मास्टर यतै पढ्छु ।

दिल्लीमा एमबीए पढेर नेपाल आएर तत्कालीन नेपाल ग्रिनल्याण्ड बैंकमा पहिलो पटक जागिर गरे । मेरो पहिलो जागिरको तलब ३ हजार ५ सय रुपैयाँ थियो । त्यो बेलामा मेरो इष्टमित्र, साथीभाइ, शुभचिन्तकहरूसमेत अनिल तिमीले यो के गरेको ? ३ हजार ५ सय रुपैयाँ तलबको जागिर खाएर १० जुनिमा पनि तिम्रो बाउआमाले तिम्रो पढाईमा खर्च गरेको उठाउन सक्दैनन् । खुरुक्क यो छोडिदेउ । कसैलाई फोन गर्न लगाएर वा मन्त्री, यताउता भन्न लगाएर हिमाल सिमेन्ट, हेटौँडा सिमेन्ट, छाला जुत्ता उद्योगमा गएर जिएम पोजिशनमा जागिर खाऊ पनि भने । बाहिर पढेर आएको छौ, नेपालको ३ हजार ५ सयको जागिर खाएको ? तर म भित्र आत्मविश्वासको रूख बनिसकेको थियो । मेरो आत्मविश्वास थियो की कसैको फोन चाहिदैन, कसैले भन्नु पर्दैन, अनिल शाह आफ्नै बल बुद्धिमा अगाडि बढ्न सक्छ । त्यहीकारण म तपाइहरुको अगाडि उभिएको छु ।

सबै जनाको कुरा सुन्नुहोस् । आमाबुवा, दिदी भाइ, आफन्त, गुरुहरुको कुरा सुन्नुहोस् तर डिसिजन आफ्नै गर्नुहोस् । तपाईको अन्तरआत्माले तपाईको करियर मा के राम्रो गर्न सक्नुहुन्छ ? नराम्रो के छ, त्यो छोड्नुहोस । राम्रो के गर्न सक्नुहुन्छ, त्यो समात्नुहोस । हामीलाई सबै किसिमका ट्यालेन्ट चाहिन्छ । जुन तपाई राम्रो गर्न सकनुहुन्छ । गुड छौ भने गे्रट बन, ग्रेट छौ भने एक्स्पेसनल बन, एक्स्पेसनल छौ भने आउटस्ट्याण्डिङ बन । पारस खड्का क्रिकेट मात्रै खेल्छ, नवयुग श्रेष्ठ फुटबल मात्रै खेल्छ, गौरीका सिंह पौडी मात्रै खेल्छ । आफूलाई केमा प्रतिस्पर्धात्मक बनाउनन सकिन्छ, त्यो पत्ता लगाउनुपर्छ ।

म सानोदेखि हुँदादेखि नै धेरै जनाले नेपाललाई सिंगापुर, स्वीट्जरल्याण्ड बनाउँछु भनिसके । मेरो छोरी जन्मेपछि टिका लगाउन जाँदा मलाई तेरो भनेर सोदे । मैले भने भयो । तेरो त छोरा भयो होलानी भनेर सोधेपछि म खुसी हुँदै भने मेरो त छोरी भईन् । तर त्यो मान्छे म देखि रिसाउँदै तेरो छोरी त छोरा जस्तै होलानी । मैले हात जोड्दै भने रिसानी माफ एउटा बिन्ती मैले मेरो नेपाल सिंगापुर र स्वीट्जरलयाण्ड जस्तो होइन, जतिसक्यो राम्रो नेपाल चाहिएको छ । मेरो छोरी छोरा जस्तो होइन, जतिसक्यो राम्रो छोरी चाहिएको छ ।

(सीईओ शाहले करियर पोइन्ट एजुकेसन प्राइभेट लिमिटेडले आयोजना गरेको ‘तेस्रो करियर फेस्ट’ कार्यक्रममा राखेको मन्तव्य हो ।)

3930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका