जोडिनुहोस
मङ्लबार, मंसिर १८, २०८१
मङ्लबार, मंसिर १८, २०८१
  • होमपेज
  • व्यावसायिक सहकार्य सम्बन्धी कामना सेवा बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबीच सम्झौता

व्यावसायिक सहकार्य सम्बन्धी कामना सेवा बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबीच सम्झौता

कामना सेवा विकास बैंक लिमिटेड र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रा.लि. बीच व्यावसायिक सहकार्य गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

यो सम्झौतापछि बैंक तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको पलना गरी अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबाट सिफारिस भइ आएका ग्राहकहरुलाई बैंकले सरल तरिकाबाट आफ्ना १२४ वटै शाखाबाट घर कर्र्र्जा प्रदान गर्नेछ ।

यसबाट ‘आफ्नै व्यक्तिगत घर होस’ भन्ने सपना बोकेका ग्राहक महानुभावहरुको अभिलासा पुरा गर्न सहज हुने कुरामा आफु विश्स्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेतले बताए ।

यस समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अजिराका प्रबन्ध निर्देशक अनुप ढुङ्गानाले बैंकको केन्द्रीय कार्यलय ज्ञानेश्वरमा एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन् ।

काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाईल बैंकिङ, इनटरनेट बैंकिङ, अनलाइन अकाउन्ट ओपनिङ, सी—एएसबीए र सामाजिक मिडिया बैंकङि  लगायतका माध्यमबाट सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

साथै, समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको छ । बैंकले कोभिड–१९ को प्रभावले कार्यालयमा नै उपस्थित भई सेवा लिन असहज भएका ग्राहकहरुलाई घरमै बसी अनलाइन मार्फत कर्जा आवेदन गर्ने, खाता खोल्ने लगाययतका सेवाहरु लिन सक्ने व्यवस्था समेत गरेको छ ।

4890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका