जोडिनुहोस
बिहिबार, अशोज ११, २०८०
बिहिबार, अशोज ११, २०८०
  • होमपेज
  • महालक्ष्मी बिकास बैंक महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता

महालक्ष्मी बिकास बैंक महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता

महालक्ष्मी विकास बैंकबाट महालक्ष्मी लाइफ इन्स्योरेन्सको बीमा सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ। बैंकास्योरेन्स सम्झौता अनुसार महालक्ष्मी बिकास बैंकले देश भर रहेका १०१ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गदै गत माघ २७ गतेबाट बजारमा उपस्थिती जनाएको थियो ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा र बीरगंजबाट सेवा सुरु गरिसकेको छ भने फागुन महिना भित्र थप १० शाखाहरु बिर्तामोड, इटहरी, जनकपुर, लाहान, नारायणगढ, बुटवल, दाङ, कोहलपूर, सूर्खेत र धनगढीबाट सेवा सुरु गर्ने तयारी भैरहेको छ ।

बैंकास्योरेन्स सम्झौतामा महालक्ष्मी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कूमार भट्टराईले हस्ताक्षर गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका