जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कोरोना बिमाको दाबी भुक्तानी ७ दिनभित्रै दिन निर्देशन

कोरोना बिमाको दाबी भुक्तानी ७ दिनभित्रै दिन निर्देशन

कोरोना बिमाको दावी भुक्तानी ७ दिनभित्र दिन नियामक निकाय बिमा समितिले सबै बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । कोरोना लागेर निको भइसकेको लामो समयसम्म पनि धेरैले बिमा दावी भुक्तानी नपाएको व्यापाक गुनासो आएपनि समितिले यस्तो निर्देशन दिएको हो ।

समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले रोकिएका सबै भुक्तानी दिन निर्देशन दिइएको बताए । कागजात पुरा भएर दाबी परेकालाई नरोक्न निर्देशन दिइएको अध्यक्ष चापागाईंले जानकारी दिए ।

बिमा समितिले ५ सय रुपैयाँ तिरेर ५० हजार रुपैयाँ र एक हजार रुपैयाँ तिरेर एक लाख रुपैयाँको कोरोना बिमा गर्न सक्ने व्यवस्था गरेको थियो । सामूहिक बिमा गर्दा भने बिमा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।

तर, कोरोना धेरैलाई लागेपछि बिमा कम्पनीहरु आत्तिएका थिए । भुक्तानी गर्न नसकिने भन्दै बिमा समितिलाई पोलिसी खारेज गर्न सुझाएका बिमा कम्पनीहरुले अर्बौको भुक्तानी नदिई अहिले रोकेर राखेका छन् । बिमा गरिसकेपछि भुक्तानी दिनैपर्ने भन्दै समितिले यस्तो निर्देशन दिएको जनाएको छ ।

शुरुमा कोभिड पोजिटिभ आउनेबित्तिकै एक लाखको गरेको भए पुरै रकम पाउने भनिएकोमा पछिल्लो पटक मापदण्ड संशोधन गर्दै समितिले पोजिटिभ आएमा २५ प्रतिशत रकम तत्कालै र बाँकी ७५ प्रतिशतसम्म रकम अस्पताल वा होटल आइसोलेसनमा बसेको बिल भपाई पेश गरिसकेपछि दिने व्यवस्था गरिएको छ

4735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?